आफ्नै आमा छोराको हत्यामा संलग्न



(एजेन्सी दिल्ली )
 घटना सुन्दा पनि जिउ सिरिङ हुन्छ । आफ्नै आमा छोराको हत्यामा संलग्न  रहेको पुष्टीको खवरले ।

 दिल्लीको गजियाबादमा  गत वर्ष आशिष गर्ग मर्डर केसमा आशिषकी आमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले आशिषकी आमा, भाइ र अन्य दुई गोली हान्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
किन लगाईन्  त आफ्नी आमाले छोराको हत्या  गर्न ? प्रहरीका अनुसार आशिषकी आमा आफ्नो छोराको घृणित व्यावहारवाट हैरान थिईन् । छोराको अस्लिल व्यावहार सहन नसकेर छोरा मार्ने योजना वनाएको वताईएको  छ ।
सन् २०१३ को १९ अक्टोबरमा अमरोहको ख्यालीपुर जंगलमा लोनी निवासी आशिष गर्गको लास पाइएको थियो । अज्ञात मानिसहरुले यो घटनाको जानकारी गराएका थिए ।  आशिषको भाइ अतुल, आमा अनिता र गोली हान्ने व्यक्तिद्वय शकिल र हरिओमलाई हिरासतमा लिईएको छ । प्रहरीले सोधपुछ गर्ने क्रममा अपराध स्विकार्दै आरोपीहरुले आशिष जहिले नशामा भइरहने र अश्लिल व्यवहारमा संलग्न हुदै परिवारलाई समेत दुख दिने गरेको कारण  उक्त व्यावहारवाट दिक्क बनेकी आमा र भाइले गोली हान्ने व्यक्तिहरुलाई हत्या गर्नका लागि तीस हजार रुपैँया दिएको वताएका छन् ।


0 comments

Write Down Your Responses