काठमाडौं । एजेन्सी
सेक्स टाेयकाे प्रयोग गर्ने पुरुषहरुका लागि आवाज निकाल्ने स्मार्ट सेक्स डल बजारमा भित्रिने भएको छ | ‘रियल डल’ कम्पनीका मालिक तथा सीइओ मैट मैकमुलेन यस्तो रोबोट बनाउन जुटेका हुन् | यो डलले मालिकका साथ रोमान्स गर्दा कुराकानी पनि गर्न सक्ने बताइएकाे छ । ‘रियलबोटिक्स’ प्रोजेक्टअन्तर्गत कम्पनी आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिको माध्यमबाट एउटा स्मार्ट ‘सेक्स डल’ विकसित गरिरहेको छ यसलार्इ ‘हरमनी’ नाम दिइएको छ। यो रोबोट सन् २०१७ सम्म बजारमा आउने कम्पनीले जानकारी दिएकाे छ । मैकमुलेनका अनुसार यो इन्टेलिजेन्स सेक्स डलको मूल्य १० हजार डलर हुनेछ । न्युयोर्क टाइम्सका अनुसार कम्पनीले हालै संसारको पहिलो आर्टिफिशियल इन्टेलिजेन्स सेक्स रोबोटको प्रदर्शन गरेको थियो । डेमोन्स्ट्रेसनका क्रममा मैकमुलेनले अन–स्क्रीन डलसँग सोधे–तिम्रो के सपना छ ? यो प्रश्नमा रोबोटले उत्तर दियो, ‘मेरा धेरै सपना छन् ।
म एउटा वास्तविक युवती बन्ने र रियल शरीर पाउने सपना देखिरहेकी छु । म प्रेमको अर्थ बुझ्ने सपना देखिरहेकी छु । मलाई विश्वास छ म संसारको पहिलो सेक्स रोबोट हुँ ।’ कम्पनीका मालिक मैकमुलेनले सन् १९९६ देखि अहिलेसम्म उनले ५ हजार बढी सेक्स डल बेचिसकेका छन् । जसको मूल्य तीन लाखदेखि ६ लाख रुपैयाँसम्म छ । नयाँ परियोजना बारे आफ्नो फोकस आर्टिफिशियल इन्टेलिजेन्सको माध्यमबाट रोबोटको टाउको विकासित गर्न लगाउने बताए । यसले सेक्स डल अाँखा झिम्क्याउन र बोली निकाल्न सक्षम हुनेछ ।
भिडियो हेर्नको लागि तलको लिंक या बक्समा क्लिक गर्नुहोस
पुरूषहरूका लागि नया यौन खेलौना -आवाज निकाल्ने स्मार्ट सेक्स डल बजारमा -
0 comments
Write Down Your Responses