नेपालकै होची महिला मञ्जु घिमिरे - जन्म दिने बाबु आमावाटै तिरस्कृत- हेरौ उनको वास्तविकता
जन्म दिने आमाबाबु नै पराई भएपछि----?
सुन्दा कथा जस्तो लाग्ने तर वास्तविकता मन्जु घिमिरेको । आफ्नो जन्मघर चितवन भएपनि एसओएस बालग्राम लाई नै उनी आफनो घर मान्छिन । त्यहाँका अन्यलाई आफनो परिवार । लाग्छ झट्ट हेर्दा उनको जीवन फरक छ । सबैको माया छ, सबैको आदर र सबैको हाइहाइ । उनी हुन नेपालकै होची महिला मञ्जु घिमिरे । भनिन्छ–‘जन्म दिने बाबु आमा भन्दा कर्म दिने मान्छे ठुलो हो ।’ जुन कुरा यिनको जिवनमा यथार्थ भएको छ । यिनको बास्तविकता सुन्दा नि कताकता मन झक्कानिएर आउँछ । मानौँ यो कुनै कथा हो । तर बास्तविकता नै यहि हो ।
बाबुआमाले त उनलाई जन्म दिए तर कर्म आश्रमले दियो । जन्म दिने तिनै बाबुआमाले उनलाई सदासँगै राख्न सकेनन । त्यो तिनको परिवारको बाध्यता थियो या छोरीलाई बोझ सम्झिए त्यो स्वयम उनलाई नि थाहा छैन् । २ फुट ६ इन्चकी उनी अहिले उमेरले ३२ बर्ष भइन् । जुन बेला परिवारको साथ चाहिएको थियो । परिवारको माया चाहिएको थियो त्यहि बेला नै चिन्नु न जान्नुको कहाँ हो कहाँको आश्रममा ल्याएर छाडिदिए उनलाई तिनकै बाबुआमाले ।
घर छोडेर एसओएस बालग्राममा बसेको पनि २७,२८ बर्ष भएछ उनलाई । सामान्य भेटघाटमा उनीसँग मिलेको कुरा गर्ने सञ्जोगलाई समाचार बनाउँदा पनि कताकता मन पोल्न पुग्यो । अहिले त उनलाई घरको याद नै आउँदैन रे । बालग्रामको माया र ममताले उनका सबै दुख संघर्ष र पीडालाई बिर्साइदियो । घरपरिवारको तिरर्कार को सिकार बनेकि मञ्जु बिगतको त्यो दिन सम्झेर आँखु खसाल्छिन तर भन्न सक्दिनन् । मेरा केहि प्रश्नको उत्तर दिँदै मुस्कुराएकि मञ्जु मेरो एउटै प्रश्नले रुन पुगिन् । सोँचे मैले कतै गल्ती त गरिन् । मेरो मनमा जिज्ञासा जागेर आयो । मैले उनलाई सोधेको थिए–‘तपाई कसरी यो एसओएस बालग्राममा आउनुभयो रु केहि समयपछि को सुनसान झङग गर्दै मैले पुन सोधेँ मबाट केहि गल्ती भएको भए म माफि माग्न चाहन्छु ।
त्यति भनिसक्दा उनी केहि बोलिन र भनिन ‘भाई कुरा त्यस्तो होइन । फेरि मैले सोधेँ के हो त रु उनले आँखाका आँसु पुछदै बनावटी हाँसो ल्याउँदैे भनिन –‘भाई कसरी भनु मेरो नमिठो तितो सत्य, मलाई यो आश्रम आएर बस्ने रहर थिएन । मलाइ पनि आफना भाई बैहिनी जस्तै बाबा आमाको काखमा खेलेर रमाएर बस्न मन थियो । म बाहेक अरु ५ जना त्यहि घरमा अटाए तर के गर्नु म अटाउन सकिन । मलाई जुन बाबुले जन्म दियो त्यहि बाबु ले नै यो ठाउँमा ल्याएर छाडयो ।’
यति सुन्दा नसुन्दै मेरो आँखा बाट पनि आशुँ रसाउँन थालेको थियो । भक्कानिएको मेरो मनसम्हाल्दै बसेँ अरु केहि प्रश्न गर्ने हिम्मत चै मलाई भएन् । यतिमै सिमित गरेँ मेरा प्रश्नहरु । उनको अहिले केहि गुनासो छैन आफनो घर परिवारप्रति । अहिले कहिलेकाहिँ सोच्छिन मेरो बाबुले यहाँ ल्याएर ठिक गर्नु भएछ । सायद यहाँ नआएको भए म आज यसरी सबै सामु परिचित हुने थिइन होला । आज नेपालकै होची महिला भनेर चिनिने अवसर पाउँने थिइन होला ।
आश्रममा आएदेखि नै उनले सोँचिन मैले केहि गर्नुपर्छ जुन परिवारले मलाई यसरि धोका दिएर सबै हुँदा पनि टुहुरो बनाएर छाडयो त्यहि परिवारलाई देखाउँछु भनेर । जुन कुरा उनले पुरा गरेकि छिन । आश्रममा गएको करिब १५ बर्षपछि एउटा संस्थाले नेपाल भरकै होचा र अग्ला मान्छेको कम्पिटेसनमा जव महिलामा नेपालभरकै होचि महिला भनेर छानिइन तब उनको जिवनले नै अर्कै मोड लियो ।
अनी उनमा आँट पलायो । जुन आँटले आज उनी सबैले चिन्ने भएकी छिन, सबैले माया गर्ने भएकी छिन र सबैले खाज्ने भएकी छिन । उनी भन्छिन्(‘सायद नेपालका कुनै जिल्ला छैन जहाँ म पुगेकी छैन ।’ कार्यक्रममा हिँड्दा सबै दर्शकको माया र सहानुभुति नै अहिले उनका लागि बाँच्ने आधार बनेको छ ।
दैनिक नेपाल ले लिएको एक अन्तर्वार्ता --
स्रोत दैनिक नेपाल
0 comments
Write Down Your Responses