देश फेरी अर्को विपतमा - कास्कीमा भिषण पहिरो, ९ को मृत्यु सयौ घरवार विहिन -

पोखरा : कास्कीको भदौरै तामागी र लुम्लेमा बुधबार राति भीषण पहिरो गएको छ। पहिरोमा पुरिएका सातजनाको शव फेला परेको छ र दुवै ठाउँमा गरी करिब पचास जति स्थानीय पुरिएको आशंका गरिएको छ। पहिरोले थुप्रै घर बगाएको छ।

कास्कीको भदौरै तामागीमा चारजनाको शव फेला परेको छ भने २५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। २० जना अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। लुम्लेमा तीनजनाको शव भेटिएको छ।

अहिलेसम्म पहिरोमा ज्यान गुमाएका नौजनाको सनाखत भएको छ । भीषण वर्षासँगै गाउँमाथि रहेको खानेपानीको ट्याङ्की फुटी पहिरो गएर घर पुरिँदा अहिलेसम्म कास्कीको लुम्ले–५ माझका एकै घरका चार र कास्कीको भदौरे तमागी–५ डुँडाखेतमा गरी नौ जनाको सनाखत भएको छ ।


एकै घरकामध्ये वसन्त विक, उनकी पत्नी, नातिनातिना गरी चारवटा शव निकालिएको नागडाँडा प्रहरी चौकीका सहायक निरीक्षक ज्ञानप्रसाद लामिछानेले जानकारी दिए । मृतकमध्ये अर्जनु राईको पनि सनाखत भएको छ ।

स्थानीय बासिन्दाका अनुसार त्यहाँ आठजना सुतेका छन् । पहिरोले १३ वटा घर पुरेको छ । घटना मध्यरातमा भएकाले कोही पनि भाग्न नपाएको र बेपत्ता हुनेको खोजी भइरहेको छ ।

गएरातिको पहिरोले घर पुरेर मृत्यु भएका कास्कीका भदौरे तमागीका चारजनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ६५ वर्षीय टीकाराम विक, पत्नी ५५ वर्षीया रामकुमारी विक, ३१ वर्षीया गौरी पराजुली र ७ वर्षीय करण पराजुली भएको घटनास्थलमा पुगेका प्रहरी नायब उपरीक्षक केदार रजौरेले जानकारी दिनुभयो । चार बेपत्ता र १५ घाइते भएका प्रहरीले जनाएको छ ।

गाबिस सचिव हरिप्रसाद पराजुलीका अनुसार लु्म्लेमा २४ जना बढी स्थानीय हराएका छन्। दर्जनभन्दा स्थानीय घाइते भएका छन् । थुप्रै घर पहिरोले बगाएको छ। यहाँ २० घर बगाएको छ।

नजिकका स्थानीयबाट उद्धारको काम भइरहेको र क्षतिको विस्तृत विवरण अझै आइनसकेको प्रहरीले जानकारी दिएको छ।पहिरोका कारण सडक अवरुद्ध भएकोले प्रहरीको उद्धार टोली जान पाएको छैन।

हर्पन खोलामा बाढी आएकोले भदौरै तामागी जान हिँडेको टोली बीच बाटोमै रोकिएको छ भने याम्दी र सुइखेतमा आएको पहिरोका कारण लुम्ले जान लागेको उद्धार टोली पनि बीच बाटोमा अड्किएको छ।

प्रेम नेपाली  अन्नपुर्ण पोष्टवाट

0 comments

Write Down Your Responses