यौन प्यास मेटाउन नपाएपछी श्रीमतीको हत्या - दाईजो वन्यो मृत्युको कारण

कपिलवस्तु ।
यौन प्यास मेटाउन नदिएको अभियोगमा कपिलबस्तुका एक युवकले पत्नीको हत्या गरेका छन् । एक महिनाअघि मात्र  इस्लामिक संस्कृति अनुसार वैवाहिक बन्धनमा बाँधिएका कपिलवस्तु  बुलाडिहवा निवासी महताव आलमले पत्नीको घाँटी थिचेर हत्या गरेका छन् । राती संगै सु्तेका बेला यौन सम्पर्क गर्न नदिएपछि आमले पत्नी मेराजुन निसाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
 यौन प्यास मेटाउन नदिएपछि आफुले पत्नीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । असन्तीष्टीकै कारण आक्रोशमा पत्नीको घाँटी थिच्दा अप्रिय घटना हुनपुगेको उनले बताएका छन् ।
 पत्नी हत्या गर्ने आलमले विवाह भएदेखि नै पत्नीले यौन सन्तुष्टी नदिएको घण्टौ सम्म अपरिचत युवासँग मोवाइलमा कुरा गर्ने गरेको बताएका छन् ।  सोमबार राती २ बजे घाँटी थिचेर हत्या भएको महिलाको शव मंगलवार साँझ माइती पक्षले जिम्मा लिएर दाहसंस्कार गरेका छन् ।
 छोरीको हत्या ज्वाइँको मिलोमतोमा घरपरिवारले गरेको भन्दै मोहोम्मद रफिकले प्रहरीमा लिखित जाहेरी दिएका छन् ।
 तर माइती पक्षले दाइजोका कारण हत्या गरेको अभियोग लगाएका छन् ।
 बिहे हुँदा दाइजोमा ससुरालीबाट २ लाख रुपैयाँ लिएको आलमले बताए । दाइजोको निहुँमा ३ जना मिलेर छोरीको हत्या गरेकोे मृतकका बुवा मोहोम्मद रफिकले आरोप लागाएका छन् ।

0 comments

Write Down Your Responses