तिम्ल्याहा दिदी बहिनीको विहेमा वेहुलीहरू मजाक गर्दै रमाउदै वेहुलाहरू झुक्किएऱ हैरान
एजेन्सी ,
व्राजिलको फन्डोमा बस्दै आएका तिम्ल्याहा दिदी बहिनीको एउटै मण्डपबाट बिहे भईरहदा उनीहरुलाई बिहे गर्ने पुरुषहरु नै आफ्नो वेहुली नचिनेर झुक्किएका थिए । निकै रोचक तरिकाले विवाहमा २९ वर्षीया तीन दिदी बहिनीलाई सँगै मण्डपमा राखिएको थियो । उनीहरुको मिल्दोजुल्दो जिउडाल र अनुहारका कारण हुनेवाला श्रीमानहरु अलमल्लमा परेका थिए भने तीन वेहुलीहरू वेहुलाहरूलाई झुक्क्याउदै विवाहलाई मनोरन्जनात्मक वनाउदै थिए ।
तीनै जनाले उस्तै किसिमका विवाह पहिरन, हेयरस्टाइल र मेकअप गरेका थिए उनीहरुमा एक अर्कालाई चिनियोस् भनेर फरक–फरक रंगका गुलदस्ता दिइएको थियो, तर, उनीहरुका श्रीमानहरु भने कयौं पटक झुक्किएर हैरान भएका थिए । दिदिवहिनीहरूले भने आफ्नो हुनेवाला श्रीमानलाई राम्रैसंग चिनेर नै झुक्याएका थिए ।

0 comments
Write Down Your Responses