चोरलाई सरकारी जागिर अरे --- के होला त हेरौ ..?

चैत्र ३०, काठमाडौं ।
अनेक उपाय अपनाउँदा पनि राजधानीमा चोरीका घटना नियन्त्रण गर्न नसकेपछि प्रहरीले चोरलाई अन्य पेशामा पुनःस्थापनाको प्रस्ताव गरेको छ ।

चोरीलाई स्थायी पेशा बनाउँदै आएकालाई सुधार्न उसले पुनस्र्थापन अवधारणा ल्याएको हो । जतिपटक पक्राउ गरे पनि तत्काल धरौटीमा छुट्ने कानूनी सुविधा र चोरीबाहके अन्य पेशा नहुँदा चोरी घटना नियन्त्रण गर्न कठिन भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तम कार्कीले उनीहरुलाई अन्य पेशामा पुनस्र्थापना गर्न प्रस्ताव गरेका हुन् ।


काठमाडौँका प्रत्येक वृत्तको हिरासतमा ५० जना भन्दा बढी चोरी घटनामा संलग्न रहेको आरोपमा हिरासतमा रहने गरे पनि चोरी घटाउन नसकेको कार्कीले बताए । चोरीमा संलग्न भएवापतको कानूनी सजाय न्यून हुँदा उनीहरु पक्राउ परेर धरौटीमा छुटेपछि पुनः चोरीमा संलग्न हुने गरेको उनले बताए ।

कार्कीका अनुसार काठमाडौँमा करिब एक हजार जना चोरीमा सक्रिया छन् । महानगरीय प्रहरी कार्यालयका अनुसार गत असारदेखि चैत २८ सम्म उपत्यकामा ३८० चरीका घटना भएका छन् । गत वर्ष करिब तीन सय वटा चोरीका घटना भएका थिए ।

काठमाडौँ परिसरले आइतबार सार्वजनिक गरेको अपराध तथ्याङ्कले काठमाडौँमा चोरीसँगै बलात्कार घटनासमेत बढेको देखाएको छ । नागरिक

0 comments

Write Down Your Responses