रणवीर कपुर र कटरिना कैफविचको पछिल्लो सम्वन्ध -कस्तो ?

मुम्बाई, चैत ३० – वलिवुडका दुई स्टार रणवीर कपुर र कटरिना कैफविचको सम्वन्धलाई लिएर समयसमयमा निकै हंगामा हुने गरेको छ । मिडियामा उनीहरू छाईरहन्छन् ।  कहिले दुवैसँगै बस्न थालेको त कहिले रणविरका परिवार कटरिनासँग खुसी नरहेको  भारतिय मिडियाका विषयवस्तु हुन् ।  केही समय अगाडि मात्र कटरिनालाई रणविरको परिवारले नरुचाएको खबरले मिडिया निकै तताएको थियो । तर, शनिबार राती कटरिना र रणविरलाई मुम्बाईस्थित चाइना रेस्टुरेन्टमा रणविरका परिवारका सदस्यहरुसँग देखिएको थियो । सबैभन्दा रोचक कुरा त त्यहाँ रणविरकी आमा नीतू कपुर, रणधीर कपुर, बहिनी आदर जैन र शायरा कपुर लगायत पनि सहभागी थिए ।
उक्त डिनरमा रणविर र कटरिनाको विवाहको तारिख तय भएको अनुमान समेत लगाउन थालिएको छ । यद्यपि, भारतीय मिडियाका अनुसार अझै यसको औपचारिक पुष्टि भएको छैन ।
कटरिना र रणविरले चाँडै विवाह गर्ने कुरा भने यसअघि नै आइसकेको छ ।
तलको फेसवुक पेजमा एक लाईक गर्ऩ छुटाउनुभएको छ भने कृपया एक लाईक गर्नुहोस् .. सधै मनोरन्जनात्मक समाचार पाउनुहोस् ..धन्यवाद


0 comments

Write Down Your Responses