यस वर्षको मिस नेपालको उपाधी इभाना मानन्धरले जितिन् -

काठमाडौं, वैशाख ५ – यस वर्षको मिस नेपालको उपाधी २३ वर्षीया  इभाना मानन्धरले हात पारेकी छिन् । शनिवार काठमाडौंमा सम्पन्न 'हिडेन ट्रेजर फ्यान्टा मिस नेपाल मिस नेपाल प्रतियोगितामा १८ प्रतिष्पर्धीलाई पछी पार्दै इभानाले ताज पहिरिएकी हुन् । मिस नेपाल२०१५ को फष्ट रनरअप दिब्यता बैद्य र सेकेन्ड रनरअपको उपाधी मेधा कोइरालाले हात पारेका छन् । मिस नेपाल- २०१५ उपाधि विजेता इभानालाई मिस नेपाल २०१४ सुविन लिम्बूले  ताज पहिर्याएकी थिईन् । इभाना मानन्धरले उपाधिसँगै एक लाख रुपैयाँ, डब्लुडब्लुएफको सद्भावना दूत भएकी छिन् भने गोस गर्ल र पर्सनालिटीको उपाधी समेत जितेकी छिन् ।   उनको यो जितसंगै आगामी असोजमा हुने ६५ औं मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन्।
भोटेबहाल, काठमाडौंकी स्थायी बासिन्दा

इभाना  अध्ययनका लागि ६ वर्षअघि अमेरिका पुगेकी  थिईन् भने हाल  सो प्रतियोगिताकै लागि नेपाल आएकी हुन् ।  इभानाले अमेरिकामै मार्केटिङमा स्नातक गरेकी छिन् भने गायन, नृत्य र भ्रमण उनको रूची रहेको छ । 

0 comments

Write Down Your Responses