श्रीमती अर्कैसंग सल्किएको आशंकाकामा यौनाङ्गमा सुपरग्लू

एजेन्सी ,
साउथ अफ्रिकाका एक पुरुषले आफ्नी श्रीमती ससुरा पर्नेसँग सल्कीएको आशंकामा  श्रीमतीको यौनाङगमा सुपरग्लू खन्याएका छन् ।  साउथ अफ्रिकाको बुसबक्रिज नजिकैको ग्वामटिला गाउँका ४५ वर्षका ती पुरुषलाई आफ्नी ४० बर्षीया श्रीमतीको चाला देखेर शंकाकै भरमा श्रीमतीको यौनाङ्ग सुपरग्लुले खन्याईदिएका हुन् ।


श्रीमतीले परपुरुषसँग अवैध सम्बन्ध बनाएको मनमनै निष्कर्ष निकालेका ति पति सुरुमा एक्लै तड्पीए पनि पछि उनले यस विषयमा श्रीमतीसँग कुरा राखे । तर श्रीमतीले इन्कार गरेपछि उनले हातमा चक्कु लिएर श्रीमतीलाई ताक्दै नग्न बनाएर उनको योनीमा सुपर ग्लु खन्याईदिएको समाचारमा जनाईएको छ ।

यस अघि पनि संकाको भरमा योनीमा केही मात्रामा मात्रै सुपर ग्लू पोत्दै आएका उनले यस पटक भने योनीभित्रै सुपरग्लु पुरै लगाइदिएपछि घटना प्रहरीसम्म पुगेर बाहिर आएको हो । श्रीमतीको यौनांगमा सुपरग्लुले गहिरो घाउ बनाएको छ । श्रीमतीलाई पिसाब समेत फेर्न नमिल्ने गरी घाइते बनाएर भागेका श्रीमानको खोजीकार्य जारी भएपनि प्रहरीले अझै सम्म भेटाउन सकेको छैन ।

संकाकै भरमा उनले आफ्नी श्रीमतीलाई यति ठुलो सजाय दिएका हुन् । उनकी श्रीमतीले उनले संका गरेको मान्छे संग कुनै सम्बन्ध नभएको बताउदै आएकी छिन्र । लोग्ने विरुद्ध मुद्दा दर्ता गराउन चाहेपनि ऊ फरार रहेकोले मुद्दा दर्ता गर्न नपाएको ति महिलाले बताएकी छन  ।

0 comments

Write Down Your Responses