नेपालमाथी विदेशीको लोभी नजर परेको छ । नेपाललाई हात पार्न विदेशीहरू मरिहत्ते लागि परेका छन् ।
नेपालमा प्रभाव विस्तारका लागि भारत, चीन र पश्चिमा राष्ट्रबीच त्रिपक्षीय प्रतिष्पर्धा हुन थालेको छ । संघीयता लगायत नेपालका आन्तरिक मुद्दामा पनि तीनै पक्षको टकराव चुलिएको छ तर विमानस्थल, पूर्वाधार निर्माण, सुरक्षा निकायलाई सहयोग बढाउने विषयमा भने भारत र चीनबीच नै चर्को प्रतिष्पर्धा चलेको हो । राजनीतिक विषयमा मौन बस्दै आउने चीनले पछिल्लो समय नेपाल गणतन्त्रबाट पछि नफर्किने सार्वजनिक धारणा दिएको छ । सामरिक मामिलाका जानकारहरुका अनुसार नेपालमा भाज
पा र उसको मातृपार्टी राष्ट्रिय स्वयंसेवक संघको चीन लक्षित गतिविधि बढाएको चीनको बुझाई छ । भारत र चीन सुरक्षा निकायलाई आर्थिक र प्राविधिक सहयोग गर्दै प्रभाव विस्तार गर्ने प्रतिष्पर्धामा पनि छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘पेरिफेरल डिप्लोमेसी’ भन्दै छिमेकलाई उच्च प्राथमिकतामा राखेको बताउँदै आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सार्कसहित छिमेकलाई उच्च प्राथमिकतामा राखेका छन् । सँगसँगै अमेरिकासहितका पश्चिमा शक्तिहरुको प्रभाव पनि नेपालमा बढेको छ ।
आजको नयाँ पत्रिका दैनिक बाट
-
नेपालमाथी यसरी विदेशीको लोभी नजर परेपछी ...हेर्नुहोस्
0 comments
Write Down Your Responses