धुमधाम विवाह भईरहेको वेलामा वेहुला वेहुली र जन्ति सहित प्रहरी नियन्त्रणमा
सिन्धुपाल्चोकको इचोकबाट जन्ति लिएर सिन्धुकोट गएका ७० जना जन्तिलाई बेहुला/बेहुलीसहित प्रहरीले नियन्त्रणमा लिएको छ।उनीहरूलाई नियन्त्रणमा लिएको कारण भने उमेर नपुगी विवाह गरेको हो ।
मेलम्ची नगरपालिका ४, सिन्धुकोटकी १४ वर्षीया कविता सेन्चुरीलाई दुलही बनाउन ७० जना जन्तीसहित पुगेका १६ वर्षीय करण रसाइलीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
बालबिवाह गरेको भन्दै स्थानीय रूपमा सक्रिय बालक्लबले प्रहरीमा खबर गरेपछि उनीहरू प्रहरी नियन्त्रणमा परेका हुन्।
इलाका प्रहरी कार्यालय मेलम्चीमा प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार उनीहरूको मागी विवाह भएपनि बाल विवाह गरेको उजुरी आएपछि जन्तीसहित नियन्त्रणमा लिएको हो।
0 comments
Write Down Your Responses