ल्याण्डिङ गर्न लाग्दा विमानको पाङ्ग्रा नै वाहिर नआएपछी .दुर्घटना भयो टर्किस एयरलाईन्सको विमान - हेर्नुहोस्



टर्कीको स्तानबुलबाट काठमाडौंका लागि उडेको टर्किस एयरलाईन्सको टीके ७२६ नंवरको  विमान काठमाडौंको त्रिभुवन विमानस्थलमा  दुर्घटना भएको छ । वुधवार विहान पौने ८ बजे त्रिभूवन विमानस्थलमा अवतरण गर्दै गर्दा विमान रन वेबाट चिप्लिएको थियो । पहिलो र दोश्रो पटक ल्याण्डिङ गर्न लाग्दा विमानको पाङ्ग्रा वाहिर ननिस्किएपश्चात पुन आकाशमा उडाईएको र तेस्रो पटकको प्रयासमा विमानको पछाडिको चक्का मात्रै निस्कियो तर  अगाडिको निस्केन । विमान ल्याण्ड गर्नासाथ धावन मार्ग छाडेर झारतिर हुत्तियो  र पछा
डिको भागमा आगो सल्किएको थियो  । संयोगवश  लगातार परेको वर्षाका कारण झारमा पानी जमेको रहेछ, जसले गर्दा विमानमा आगो सल्कन पाएन । तत्कालै उद्दारकर्मी तथा  दमकलको प्रयोग गरिएको थियो । नेपाली सेना र प्रहरीले  विमानमा भएका यात्रुहरूलाई वाहिर निकालेका थिए भने सवैजना सकुशल रहेको जनाईएको छ ।

जहाज दुर्घटना भएपछि बुधबार साँझ ५ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको  विमानस्थल श्रोतले जनाएको छ ।



0 comments

Write Down Your Responses