एसिड आक्रमणकारी पक्राउ -वयानको क्रममा वेहोशको नाटक - गल्ति गरेको स्विकार
काठमाडौं, चैत ६ – दुई किशोरीमाथि तेजाब छ्याप्ने वसन्तपुर एसिड आक्रमण प्रकरणका मुख्य अभियुक्त जीवन विक पक्राउ परेका छन् । उनलाई प्रहरीले सार्वजनिक गर्नै लाग्दा नाटकिय तरिकाले अचेत भएर ढलेपश्चात प्रहरीले अस्पताल पुर्याएको छ । प्रहरीले विकलाई सार्वजनिक गर्न शुक्रवार पत्रकार सम्मेलन गरेको थियो भने वयान दिने क्रममा वेहोश भएको नाटक गरेको देखिएको छ । हतकडी लगाएको अवस्थामा बेहोस भएर ढलेका बिकको अनुहार हेरेर पनि धेरैले नाटक गरेको अनुमान लगाएका छन् । 
काठमाडौंको टोखा-६ विनायकमार्ग स्थित आफ्नै कोठबाट प्रहरीले पक्राउ परेका २० वर्षिय विकले 'संगीता पुलामी मगरको सुन्दरा बिगार्न एसिड प्रहार गरेको स्विकार गरेका छन् ।

0 comments
Write Down Your Responses