चंगा महोत्सवमा पाँच वर्षिय वालक यसरी आकाशमा उछिट्टिएपछी....हेर्नुहोस्

एजेन्सी:
 कहिलेकाही नसोचेका अनौठा घटनाहरूले उत्सव महोत्सवलाई नै व्यर्थ वनाईदिन्छन् । त्यस्तै भएको छ भियतनाममा आयोजित एक चंगा उत्सवमा । चंगा उत्सवको क्रममा उडाइएको विशाल चंगामा एक पाँच वर्षीय बालक अल्झिन पुगे र अल्झिएका बालक चंगासँगै उड्न पुगे । चंगा उचार्इंमा पुगेपछि ती बालकको खसेर ज्यान गएको न्यूयोर्क डेली न्युज डटकममा जनाईएको छ । भियतनामको सबैभन्दा ठूलो सहर र हो-चि-मिन्ह नजिकैको ठूलो मैदानमा आयोजित चंगा उत्सवमा चंगा उडाउन सयौं मानिस जम्मा भएका थिए । चंगा उत्सवमा केही ब्यक्ति र क्लबका सदस्यहरु ठूला ठूला चंगा लिएर आएका थिए । उत्सवकै क्रममा राखिएको ड्रिंक्स स्टलमा आफ्नी आमाको हात पक्रेर उभिइरहेका पाँच वर्षीय बालक व्यान मिन्ह एउटा ठूलो चंगाको डोरीमा अल्झिन पुगे । - डोरीमा अल्झेका उनलार्इ चंगाले उडाएर आकाशमा लगुन्जेलसम्म उनकी आमाले समेत सुइँको पाइनन् । कार्यक्रममा सहभागीले जब बालकलार्इ चंगाको साथमा आकाशमा देखे उत्सवस्थलमा खैलाबैला मच्चियो । करिब ५० फिट चौडार्इको यो विशाल चंगालार्इ ५ जना मानिसले सम्हालिरहेका थिए । तर उनीहरुको काबुबाट चंगा बाहिर गइसकेको थियो ।


 उत्सवस्थलमा रहेका मानिस र उनकी आमाले थाहा पाउँदा बालक व्यान मिन्हलार्इ चंगाले जमिनभन्दा धेरैमाथि उचार्इमा लगिसकेको थियो ।चंगा करिब ६० फिटको उचाईमा पुगेपछि चंगाको डोरीबाट नाबालक खुस्केका थिए । डोरीबाट छुट्टिनेबित्तिकै उनी जमिनमा गिर्न लागेका थिए । - उनी जमिनमा गिरेको देखेरमा उत्सवस्थलमा रहेका मानिसहरुबी हल्लीखल्ली मच्चियो । बालक खसेको देखेर डराका उनीहरु चिच्यार्इ मात्र रहे तर कसैले सहयोग गर्न सकेनन् । बालक तीब्र गतिमा जमिन तर्फ खस्दा सबैमा हल्लीखल्ली मच्चियो ।आमासहितका परिवारका सदस्य त्यहीँ हुँदा पनि उनीहरु बालक जमिनमा बजारिएको हेर्न विवश थिए । उनीहरुसँग बालक जमिनमा गिर्दै गरेको हेर्ने बाहेक अरु कुनै उपाय पनि थिए ।
अन्त्यमा यी बालक सिधा जमिनमा बजारिएर गम्भीर रुपमा घाइते भए । जमिनमा बजारिएका बालकलार्इ तत्कालै अस्पताल दौडाइयो । तर अस्पताल पुर्यारइनसक्दै बालकको ज्यान गइसकेको थियो । अन्नपुर्ण पोष्टवाट

0 comments

Write Down Your Responses