हावाहुरीका कारण त्रिभुवन विमानस्थल अवरूद्द- हेर्नुहोस्

काठमाडौं : मंगलवार साँझ  काठमाडौंमा चलेको भयानक हावाहुरीका कारण काठमाडौं एयरपोर्ट केही समयमा लागि बन्द गरिएको छ।  त्रिभुवन विमानस्थलवाट उडान र अवतरण दुवै बन्द गरिएको छ। सबा आठ बजेदेखि निकै तीव्र गतिमा हावहुरी चलेको छ।


काठमाडौं एयरपोर्टमा साढे आठ बजे अवतरण गर्न लागेको एयर अरबियाको जहाज हावाहुरीका कारण रन वेमा जान गाह्रो भएपछि ओभरसुट गरेर  डाइर्भट गरिएको छ। एयर अरबियाको जहाज अहिले काठमाडौं आकाशमा घुमिरहेको छ।  काठमाडौं आउन लागेका थप उडानहरुलाई पनि डाइर्भट गरिएको  जनाईएको छ ।

0 comments

Write Down Your Responses