काठमाडौं,
वावुरामले रूदै भने ''म फेरि संघर्षका लागि हिँडे''-कार्यकर्ताहरूले ताली वजाउदै विदाई गरे
नारायणकाजीपछि बोल्ने पालो थियो डा. बाबुराम भट्टराईको । तर,उनी कार्यक्रममा आइपुगेका थिएनन् । यो बीचमा कलकारहरुले गीत गाउन थाले । करिब १५ मिनेटपछि बाबुराम आए । पहिलो बाक्यदेखि नै बाबुरामको गला अबरुद्द थियो ।
उनी भन्दै थिए,‘२० वर्षअघि आजकै दिन ४० बुँदे माग लिएर म सिंहदरबार गएको थिएँ । तत्कालीन सरकारले हामीलाई वार्ताका लागि बोलाउने कोसिस पनि गरेन । अनि म झोला बोकेर माघ २८ गते पश्चिमतिर लागेको थिएँ । आज २० वर्षपछि फेरि म झोला बोकेर पश्चिम नेपाल जाँदै छु । त्यतिबेला पनि उत्पीडित जनताको पक्षमा लडेको हो, त्यो संघर्षले पुगेन । फेरि लड्नुपर्ने भयो ।’
बाबुरामले बोल्दा करिब २ हजार कार्यकर्ताले ताली बजाए ,हुटिङ गरे । बाबुराम पनि बोल्दै गए,‘शान्तिप्रक्रियामा आएपछि हामी बिग्रियौं । हामी पश्चाताप गर्छौ र आफूलाई सच्याउने बाचा गर्छौ । हामी बाघ हौं,बाघ दुब्लाउन सक्छौं । जति दुब्लाए पनि स्याल बन्दैन । दुब्लो बाघलाई स्यालले जिस्क्याउन थालेका छन् । त्यसैले हामीले हामी को हौं भनेर आफ्नो हैसियत खोज्ने बेला भएको छ । तपाईं कार्यकर्ताहरु पनि डमरु हो,आफ्नो पारा देखाउनुहोस् ।’
‘संघर्षका उपलब्धि जोगाउन ६१ वर्षको उमेरमा म फेरि संघर्षका लागि हिँडे’ भन्दै बाबुराम मञ्चमै भक्कानिए । नेता तथा कार्यकर्ता सबैले उठेर ताली बजाउँदै उनको बिदाई गरे,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
वावुरामले रूदै भने ''म फेरि संघर्षका लागि हिँडे''-कार्यकर्ताहरूले ताली वजाउदै विदाई गरे
0 comments
Write Down Your Responses