कुल पुजामा कर्मकाण्ड गर्दा गर्दै फिल्मी शैलीमा मृत्यु भएपछी...?

रौतहट, माघ १८ , तपाईलाई  अनौठा लाग्छ कुल पुजा गर्दा गर्दै मृत्यु भयो भन्दा ।
 घरमा दुई दिनदेखि पूजा भइरहेको थियो  । घरभरि पाहुना र आफन्तहरु थिए  । पूजा हेर्न आउनेहरुको घुइँचो  थियो । आफूलाई कारिख महाराजको भक्त भन्ने व्यक्ति पहिलेदेखि कामिरहेका छन् । काम्दाकाम्दै उनी शान्त भए र पूजाको बाँकी कार्य अगाडि बढिरहेको थियो ।
पूजा गराउन आएका धामी र भजन गाउनेहरुको समूह आ–आफ्ना काममा व्यस्त  छन् । त्यही समयमा पहिले कामेर भर्खर शान्त भएको मानिस फेरि कामेजस्तो गर्छन् र एकैछिनमा शरीर त्याग गर्दछन् ।
यो कुनै चलचित्रको घटना होइन न त साहित्यको रचना नै । रौतहटको सखुअवा गाविसमा कूल देवताको पूजा गरिरहेका एकजनाको परिवारको यथार्थ घटना हो । सखुअवा गाविसको वार्ड नम्बर ५ का राम विश्वास राय यादवको मृत्यु शनिवार यसै गरी भएको हो ।
सखुअवा ५ का केही परिवारले आफ्नो कूल देवता कारिख महाराजको सामूहिक रुपमा पूजा थालेका थिए । प्रचलनअनुसार शुक्रबार रातिदेखि पूजाको थालनी भयो र शनिवार विहानको पूजाको कर्म अगाडि बढिरहेको समयमा कुल देवताको भक्त भनेर आफूलाई मान्दै आएका सखुअवा ५ कै ५२ वर्षका राम विश्वास राय यादवले पूजाकै समयमा कामेकोजस्तो गरी देहत्याग गरेको स्थानीयबासिन्दाले बताएका छन् ।
यादवको देहावसानपछि पूजाको सम्पूर्ण कार्य रोकिएको छ  भने सम्पुर्ण गाउ नै शोकमा डुवेको छ । पूजामा प्रयोग गरिएको सम्पूर्ण सामग्रीलाई बागमती नदीमा सेलाइएको पूजा भइरहेको समूहमा संलग्न स्थानीय हरिनारायण यादवले  वताएका  छन् ।

0 comments

Write Down Your Responses