एजेन्सी – सन् २०१२ मा सैफअली खानसँग विवाह गरेकी बलिउड अभिनेत्री करिना कपुरले हालसम्म पनि आफ्नो धर्म परिवर्तन गरेकी छैनन् । उनले अझै ‘इस्लाम कबुल’ नगरेको अभिनेता एवं पति सैफअलि आनले मिडियाहरूलाई बताएका छन् । अभिनेत्री करिना कपुरले पनि आफूले अझै हिन्दु धर्म नै मान्दै आएको बताएकी छन् । सैफसँग विवाह गरेपछि पनि आफू हिन्दू नै रहेको अभिनेत्री कपुरले खुलासा गरेकी छन् ।
करिनालाई हिन्दूबाट मुस्लिम बनाइएको भन्ने समाचार विभिन्न समाचार माध्यममा आएपछि सैफ र करिनाले यस्तो जवाफ दिएर भ्रामक समाचार नफैलाउन भनेका छन् । केही समययताबाट करिना र सैफविरुद्द धर्म सम्बन्धमा विभिन्न विवादास्पद समाचार आएका छन् । धर्म परिवर्तनको विषयमा केही धार्मिक संगठनले धम्की दिएपछि अभिनेत्री कपुरले आफ्नो निजी सुरक्षाकर्मी बढाएर सुरक्षासमेत कडा गराएकी छन् । उनले धर्म नितान्तै व्यक्तिगत खुसी भएको र धार्मिक विवादमा फस्नु भऩेको जिवनलाई पछाडी धकेल्नु हो भनेकी छिन् । आजको राजधानी दैनिकमा खबर छ ।
मुस्लिमसंग विवाह गरेतापनि आप्नो हिन्दु धर्म परिवर्तन गरेकी छैन- अभिनेत्री करिना

0 comments
Write Down Your Responses