News,
Politics
»
यसरी भयो आज वानेश्वरमा झडप - भिडियो हेर्नुहोस्
यसरी भयो आज वानेश्वरमा झडप - भिडियो हेर्नुहोस्
तस्विर कान्तिपुर दैनिकवाट
तस्विर कान्तिपुर दैनिकवाट
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले निकालेको प्रदर्शनले निषेधित क्षेत्र तोडेपछि नयाँ बानेश्वरमा झडप भएको छ । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा निस्किएको जुलुसले निषेधित क्षेत्र तोडेपछि प्रहरीसँग झडप भएको थियो । खुल्लामञ्चतिर जाँदै गरेको प्रदर्शनकारीलाई प्रहरीले निषेधित क्षेत्र भएर नजान भनेपछि झडप भएको थियो । झडपमा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेका थिए । झडपमा दुवै पक्ष घाइते भएका छन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अघि बढेपछि झडप रोकिएको छ । श्रेष्ठ नेतृत्वको टोली खुल्लामञ्च जाँदैछ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले नेतृत्व गरेको टोली खुल्लामञ्च पुगिसकेको छ । केही समयपछि खुल्लामञ्चमा आमसभा सुरु हुँदैछ ।
0 comments
Write Down Your Responses