एजेन्सी,
तपाईलाई अनौठो लाग्योहोला पुरूष पनि गर्भवती भए भन्ने सुन्दा । प्राकृतिक रूपमा महिलाहरू मात्र हुन सक्ने गर्भवती पुरूषहरू कसरी भए भनेर अचम्म लाग्योहोला । महिलाहरु भन्छन् गर्भवती हुनु र बच्चा जन्माउँदाको पीडा लोग्ने मान्छेले कहिले पनि अनुभव गर्न सक्दैनन् । गर्भवती हुँदाको ९ महिनाको अवधी जीवनकै फरक समय हुने उनीहरुको भनाइ छ । गर्भवतिको सुत्केरी हुने दिन नजिकिँदै जाँदा समस्या पनि बढ्दै जान्छन् । निकै असहज परिस्थितीको सामना गर्नुपर्ने हुन्छ ।
डेली मेलमा प्रकाशित एक समाचारका अनुसार गर्भवति हुँदा महिलाहरुले कस्तो महसुस गर्छन् भन्ने थाहा पाउन बेलायतका तीन पुरुषले गर्भवती बनेको स्मरण गर्दै गर्भवती हुदाको असहज परिस्थितीलाई नियालेका छन् । जेसन ब्र्याम्हले, स्टीव ह्यासन र जोनी बिगिन्सले १ महिना सम्म गर्भवती हुनुको अनुभव गरेका हुन् ।महिलाको गर्भवती अवस्थाबारे साँच्चिकै अनुभव गर्नका लागि उनीहरुले विशेष प्रकारको कपडा लगाएका थिए । उनीहरुले खाना पकाउँदा देखि कार्यालयमा जाने समयमा समेत यही सुट लगाउनु पर्थ्यो जसको कारण उनीहरूलाई निकै अप्ठ्यारो भएको थियो । उनीहरूले वच्चा जन्माउने हस्पिटलको वेडसम्म पनि पुगेको र वच्चा जन्माउदाको पिडा पनि अनुभव गरेको वताएका छन्
उनीहरूले आफुहरूको तौल वढ्दै जादा अति नै असहज महसुस हुने र व्हील चेयरमा समेत बस्न कठिन भएको अनुभव गरेको बताएका छन् । यी पुरुषले यो अवधि पछि ‘सबै महिलाहरुलाई सलाम’ भनेका छन् र भनेका छन् संसारको वास्तविक हिरो पुरुष नभएर महिला हुन् ।
पुरूषहरू यसरी गर्भवती भईदिएपछी ... हेर्नुहोस्
0 comments
Write Down Your Responses