नयाँ दिल्ली,माघ ११ (एजेन्सी) –
अमेरिकी राष्ट्रपति बाराक ओबामा र ओवामा पत्नी मिसेल ओवामा आइतबार बिहान स्थानीय समयअनुसार बिहान ९ः४० बजे भारत दिल्लिको पालम विमानस्थल आइपुगेका छन् । भारतको गणतन्त्र दिवसमा प्रमुख अथितिको रुपमा सहभागी हुन ओबामा आइतबार भारत आइपुगेका हुन् । अमेरिकाका राष्ट्रपतिद्वारा भारतको गणतन्त्र दिवसको अवसरमा उपस्थित हुन लागिएको यो पहिलो पटक हो ।
ओवामाको भारतमा भव्य स्वागतको तयारी गरिएको छ । स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रोटोकल मिचेर आफैं दिल्ली एयरपोर्ट पुगेका थिए । भारतमा विदेशी राष्ट्रप्रमुखले भ्रमण गर्दा विदेश राज्यमन्त्रीले स्वागत गर्न जाने प्रचलन छ । मोदी यो पुरानो प्रचलनलाई तोड्दै ओबामाको स्वागतका लागि आफैं एयरपोर्ट पुगेका हुन् ।
। ओबामाको स्वागतका लागि विमानस्थल पुगेका मोदीले हात मिलाउनुका साथै अंकमाल गरेर उनको स्वागत गरेका छन् । तीन दिने भ्रमणका लागि भारत पुगेका ओबामा र मोदीबीच दुई पक्षीय सम्बन्ध लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । भारत सम्म आएका ओवामा नेपाल भने नआउने भएका छन् ।
ओवामा दम्पती नया दिल्लीमा - मोदी प्रोटोकल मिचेर आफैं दिल्ली एयरपोर्ट पुगे ।
0 comments
Write Down Your Responses