नेम्बाङको विरोधमा मशाल यसरी जुलुस निकालेपछी....?


एमाओवादी नेतृत्वको मोर्चाले सडकमा जाने निर्णय गरे लगत्तै एमाओवादी भातृ संगठनहरु सडकमा आएका छन् । यसै क्रममा बहुमतीय दम्भका आकारमा संविधानसभालाई बहुमतीय प्रक्रियामा लगेको भन्दै अखिल क्रान्तिकारीले त्यसको विरोधमा मसाल जुलुश गर्न लागेको जानकारी दिएको छ ।


अखिल क्रान्तिकारीका अनिल शर्माले दिएको जानकारी अनुसार साँझ ६ बजे काठमाडौंको प्रदर्शनीमार्गमा मसाल जुलुससहित नारावाजी हुने छ । मसाल जुलुससहित सभाध्यक्ष नेम्बाङको पुत्ला दहन गर्ने कार्यक्रम समेत रहेको क्रान्तिकारीले जानकारी दिएको छ । एमाओवादी नेतृत्वको मोर्चाले सडकमा जाने र जनताबाट फैसला गर्ने घोषणा गरेपछि देश अव एक पटक पुनः मुठभेडमा जाने खतरा देखिएको छ ।

0 comments

Write Down Your Responses