रियल लाईफमा नभएर रिल लाईफमा फिल्मको कथाले मागेको उत्तेजक सहावास देखि जवानी लिलामसम्मको दृश्य दिदैछिन् अभिनेत्री शुभेच्क्षा थापा ।
अभिनेत्री शुभेच्क्षा थापाको नाम तपाईले सुन्नुभएकै होला । अभिनेत्री शुभेच्क्षा थापा मोडल र नायिकामा मात्र सिमित रहिनन् । यस अघि विभिन्न भुमिकामा अभिनय गरिसकेकी थापा अब भने निर्माताका रुपमा देखिने भएकी छिन् । उनीद्वारा निर्मित चलचित्र ‘मखमली’का लागी मुख्य कलाकारहरु पनि छनोट गरिसकेकी छिन् । जसको मुख्य भुमिकामा उनलाई अशोक फुयाँल, जीवन गिरी र डा सिके सिहंले साथ दिने भएका छन् ।
चिकित्सापेशामा आबद्ध सिके को यो डेब्यु चलचित्र हो । निर्माता थापाका अनुसार मखमली साधरण गाँउले युवतीको जवानी शहरमा कसरी लिलाम हुन्छ भन्ने बिषयमा बनेको बताइन् ।
फिल्मको कथाले मागेको उत्तेजक सहावास देखि जवानी लिलामसम्मको दृश्यलाई कलात्मक ढंगले प्रस्तुत गरिने निर्माणपक्षले जनाएको छ । उनले फिल्मलाई ओस्कारसम्म पुर्याउने लक्ष्य राखेर निर्माण थालेको समेत बताइन् । राजु गिरीले निर्देशन गर्ने मखमलीमा अर्जुन पोखरेलको सँगीत रहने वताईएको छ ।
तलको फेसवुक पेजमा एक लाईक गर्न नभुल्नुहोला ... तपाईले सधै मनोरन्जनात्मक समाचारहरू हेर्न पाउनुहुनेछ >
सहवास देखि जवानी लिलामसम्म - शुभेच्क्षा थापा - हेरौ
0 comments
Write Down Your Responses