संसारको सवैभन्दा खतरनाक ताल, जहाँ एक घण्टामा मानिसको मृत्यु हुन्छ । हेर्नुहोस्

एजेन्सी ,
पत्याउनै गार्हो पर्छ ।  के तपाइँले यस्तो तालका बारेमा सुन्नु भएको छ जसले एक घण्टा भित्रमा कुनैपनि मानिसको ज्यान लिन सक्दछ? यदि सुन्नु भएको छैन भने यो कुरा थाहा पाइराख्नुहोस् कि रूसमा रहेको कराचय ताल यस्तो एक बिषालु ताल हो, जसको आसपास मात्र जाँदैमा पनि कुनैपनि मानिसको मृत्यु हुने गर्दछ । यो ताल पृथ्वीको एक मात्र सबैभन्दा खतरनाक बिषालु ताल हो, जसले यति कम समयमानै कुनै पनि मानिसको ज्यान लिन सक्दछ । यो सुन्ने वित्तिकै जो कसैलाई पनि डर लाग्छ ।


स्मरण रहोस कि, यस तालको किनारामा द मयंक प्रोडक्शन एसोसिएशन नामको एक न्यूक्लियर प्लान्ट रहेको थियो । यहाँबाट निस्कने सबै प्रकारका न्यूक्लियर फोहोरहरूलाइ यहि तालमा फाल्ने गरिएको थियो, जसका कारण यस तालको पानी यति धेरै प्रदूषित भयो कि यसको आसपासका गाउँमा बस्ने मानिसहरू एक खतरनाक रोगको चपेटामा आएका थिए । यस घटनामा धेरै मानिसहरूको ज्यान गएको थियो । बाँचेका मानिसहरूमा पनि क्यान्सर जस्ता घातक रोगहरूले शिकार बनायो ।

 कस्तो अनौठो  यथार्थता ,  यस तालको वरिपरि रहेका गाउँमा जन्मिने शिशुहरू मध्ये धेरैजसो एब्नर्मल जन्मिए । गाउँका ६५ प्रतिशत मानिसहरू यस प्लान्टबाट निस्कने तरंगका कारण छाला सम्बन्धी रोगहरूबाट ग्रसित भएका थिए ।

अचम्मको कुरा त यो थियो कि सन १९९० सम्म यस प्लान्टको जानकारी कसैलाइ पनि थिएन । मानिसहरू मरिरहेका थिए, तर कसरी भन्ने कुरा कसैलाइ पनि थाहा थिएन । यद्दपी यहाँको सरकारले सन २००३ मा यस कम्पनी बिरूद्ध कदम उठायो र यसलाइ बन्द गरिदिएको थियो ।

 तलको फेसवुक पेजमा लाईक गर्न छुटाउनुभएको छ भने एक लाईक गर्नुहोला । रमाईला . अनौठा  खुराकहरू पाईरहनुहुनेछ ।

0 comments

Write Down Your Responses