के साहाराको घर एक धार्मीक संस्था हो ? हेर्नुहोस् यो अन्तर्वार्ता
के साहाराको घर एक धार्मीक संस्था हो ? मेरो अनलाइन खबर डट कम ले लिएको अन्तरबार्ता --
अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र ( साहाराको घर ) बालबालिकाहरुको क्षेत्रमा कार्यरत एक बिशुद्ध गैरसरकारी सामाजीक संस्था हो । यस संस्थाले बिगत ३ बर्षदेखी विविध कारणबस परिवार गुमाएका एवम् उचित स्याहार नपाएका बालबालिकाहरुको सुनौलो भविष्य निमार्णमा निरन्तर
भुमीका खेलीरहेको छ र खेलीरहने छ ।
के साहाराको घर एक धार्मीक संस्था हो ?
होईन पटक्कै होईन । साहाराको घर पूर्ण रुपमा धर्म निरपेक्ष संस्था हो र हामी कुनै एक धर्मको वकालत गर्दैनौ मानव जात सेवा धर्म हाम्रो सिद्धान्त हो तर आध्यामिकताले व्यक्तिलाई सकारत्मक जिवन जिउन आत्मवल प्रदान गर्दछ भन्ने कुरामा बिश्वास राख्दछौ त्यसैले हामी बालबालिकाहरुलाई आ«आफ््नो धर्म, परम्परा अनुसारका सांस्कृतिक क्रियाकलापहरुमा सरिक हने स्वतन्त्रताको प्रत्याभुत गर्दछौ ।
साहाराको घर र अन्य अनाथलयहरुमा के भिन्नता छ ?
मलाई अरु आश्रमका बारेमा केही भन्नु छैन सायद सवैले राम्रै गरीरहनुभएको छ । तर यो साहाराको घर बाहिर बाट हेर्दा अनाथलय भएपनी यसको आत्मा भनेको बच्चाहरुले आफ्नै घरको जस्तो अनुभुती गर्नु हो ।
परिवारमा आधारीत दिर्घकालीन संरक्षण साहाराको घरको बिशष्ट पहिचान हो । यहा बालबालिकाहरुलाई कवेल सामान्य खान बस्न र पठनपाठन के व्यवस्था हुनु मात्र होईन आजको आवश्यकता र परिवेश अनुसार को पारीवारीक बातावरण तथा आत्मीक र भेदभाव रहितको सम्पूर्ण किसीकले सक्षम बनाउने अठोट सहितको दिघृकालीन सोचका साथ केही गरौ भन्ने भावनाका साथ बच्चाहरुको आफ्नै घर हो
परिवारका सदस्य बिच बिश्वासनीयता एवम अटुट सम्बन्ध स्थापित गर्दै बालमैत्री पारीवारीक बातावरणमा बालबालीकाहरुको सवाङ्रगीण विकासमा अग्रसर हुने हाम्रो कार्यपद्धतीले हामीलाई अरु भन्दा पृथक बनाएको छ ।
साहाराको घरमा बच्चा भर्ना गर्ने प्रक्रिया कस्तो छ ?
साहाराको घरमा बच्चा भर्ना गर्न लाई सर्वप्रथम त बच्चा लैङिगक हिसावमा छोरी –बालिका) हुनुपदर्छ ।( यसको मतलव हामी बालक बा छोराहरुको हितमा कामै गर्दैनौ भन्ने चाहि होईन) तत्पश्चात आवश्यक कागजात सहित प्राप्त निवेदन हरुमध्ये संवेदनशिलतालाई हेरेर प्रथामीकताका आधारमा बच्चा भर्ना गरीन्छ तर भर्ना अगाडी हाम्रा सहकर्मी हरुले सम्बन्धीत ठाउंमा नै गएर स्थलगत अनुसन्धान समेत गर्दछन् ।
बालिकाहरुलाई साहाराको घरले कहिले सम्म संरक्षण गर्दछ ?
सामान्यतयाः बालबालिका हरु स्वाभलम्वी बनी स्वतन्त्र जिवनयापन गर्न सक्षम नहुदा सम्म साहाराको घरले संरक्षण दिन्छ तथा उनीहरुलाई उच्च शैक्षिक योग्यता अथवा जीवनोपयोगी व्यवसायीक तामीक प्राप्त गर्ने अवसर प्रदान गर्ने योजना बनाएको छ । यद्यपी उनीहरुको साहाराको घर संगको सम्वन्ध जिवन पर्यान्त रहिरहने छ ।
साहाराको घरको कार्यक्षेत्र के हो ?
हाम्रो कार्यलय हाल चितवन जिल्लामा भएतापनी हामीले नेपाल अधिराज्य भरीका संरक्षण बिहिन बालीकहरुलाई समेट्ने प्रयास गरीरहेका छौ साहाराको घर बिविध कारणबक्स बुवाआमा गुमाएका वा जोखीममा परिरहेका बालबालिकाहरुको आश्रयस्थल हो । यहा आश्रित बालबालिकाहरुको शिक्षा को निमित्त साहाराको घरले पाईपर्ने स्थानमा सरकारी तथा निजी बिद्यालय संग सहकार्य गरी व्यवस्था मिलाउने छ भने स्वास्थ्यको क्षेत्रमा साहाराको घरले डा, कृष्ण पौडेलको सहयोग पाउदै आएको छ आवश्यकता अनुसार उहाहरुको सल्लाहा बमोजीम व्यवस्था गर्ने योजना बनाएको छ । भविष्यमा आवश्यकता अनुसार बिभिन्न जिल्लामा शाखा खोल्ने योजना पनी छ
साहाराको घरको मुख्य आर्थिक सा्रेत के हो ?
हालसम्म साहाराको घरको दिगो आर्थीक स्रोत नभएतापनि स्थानिय सहयोगी दाताहरु को नगद तथा जिन्सी सहयोग बाट नै चलेको छ । सरकारी तथा गैरसरकारी स्तरबाट भने हामीलाई खास सहयोग प्राप्त भएको छैन बरु बिदेशमा रहनुभएका तमाम सहृदयी दाताहरुको चन्दा सहयोगको भरमा नै संस्था सञ्चालन भै रहनुहुने मनकारी आत्माहरुले हाम्रो कार्य र अवस्था प्रति चासो देखाउन थाल्नुभएको छ रहेको छ े बालबालिकाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न आर्थीक सहयोगका लागी बिभिन्न म यसै पत्रिका मार्फत सवै मानविय आत्माहरुलाई सहयोगको याचना गदछु कि यो संस्था तपाईहरुकै संस्था हो कसरी सञ्चालन गर्दा अझ बालबालिकाहरुका लागी प्रभावकारी हुन्छ कृपया सुझाव सल्लाह दिनुहुन र सोचीदिन हुन पनी अनुरोध गर्दछु ।
साहाराको घरमा भर्ना भै सकेपछाडी बालबालिकाहरुको प्राकृतिक परिवार संग कस्तो सम्बन्ध रहन्छ ?
प्राकृतिक परिवार संग जोडीन पाउनु उनीहरुको नैसर्गीक अधिकार हो तर
साहाराको घरमा आश्रित सवै वुवा आमा गुमाएका हुने गदर्छन तर पनि सम्भव भए सम्म हामी उनीहरुको प्राकृतिक परिवारका आफन्त संग सम्बन्ध प्रगढ अटुट राख्ने प्रयास गर्ने छौ । उनीहरुको अधिकार हनन हुदैन ।
साहाराको घरले बालबालिकाको भावनालाई कसरी समेट्छ ?
हरेक बालबालिकालाई आफ्ना नितान्त व्यक्तिगत भावाना एवम् संवेदनालाई स सम्मान सुनिदिने व्यक्तिको आवश्यकता पर्दछ र प्राकृतिक परिवारमा सो भुमीका आमाले निर्वाह गर्छिन । साहाराको घरले पनि बालबालिकाहरुको यसै संवेदनशिलतालाई मध्यनजर गर्र्दै प्रत्येक बालबालिकाहरुलाई न्यानो मातृवात्त्सल्य प्रदान गर्ने प्रयास गरेको छ । सिंगो परिवारमा एक आमा रहन्छिन् जसले परिवारको मुलीको रुपमा रहि बालबालिकाहरुलाई अभिभावकत्व प्रदान गर्छिन । साहाराको घरकी आमाले बालबालिकाहरुको निकटमा रही सवै घरायसी क्रियाकलापहरु स्वतन्त्रता पूर्वक सञ्चालन गर्छिन ।
साहाराको घरमा आश्रित बालबालिकाहरु बिचको आपसी सम्बन्ध कस्तो रहन्छ ?
साहाराको घरमा बिभिन्न सामाजीक पृष्ठभुमी एवम् फरक फरक उमेर समुहका बालिकाहरु भर्नाहुन आईपुग्छन् । पूर्व बाल्याबस्थादेखी नै बिभिन्न सांस्कृतिक एवम पारीवारीक अभ्यासहरु मार्फत आपसमा दिदीबहिनी बिचको भावना अङकुरण गराउने प्रयास गरिन्छ । फलस्वरुप उनिहरु एक अर्कासंग भावानात्मक रुपले अभिन्न बन्न पुग्छन् ।
साहाराको घरले बालबालिकाहरुलाई घरको प्रत्याभुती कसरी गराएको छ ?
हरेक मानिसलाई घरको आवश्यकता पर्दछ । साहाराको घरले पनि –हाल भाडामा प्रयोग गर्दै आईरहेको) ६ कोठाको घर छ । त्यो घर परिवार भित्रका सवै छोरीहरुको मेरो घर हुन्छ साथै उनीहरु जिवनभर साहाराको घरको अभिन्न सदस्य का रुपमा रहन्छन् । यसै पारिवारीक बातावरणमा बालबालिकाहरुलाई बैयक्तिक एवम् सामाजीक अनुभव समेत गराउनु पर्दछ । आ आफ्नो सास्कृतिक तथा धार्मीक क्रियाकलायमा सहभागी हुने स्वतन्त्रता रहनेछ ।
परिवारमा आधारीत हेरचाहालाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
हरेका बालबालिका भित्र कुनै न कुनै किसिमको अन्र्तनिहित प्रतिभा हुन्छ । सुषुप्त अवस्थामा रहेको सो खुवीलाई प्रस्फुटन गराउन उपयुक्त पारीवारीक बातावरणको आवश्यकता पर्दछ । त्यसैले बिबिध कारणवश पारीवारीक परिवेश गुमाउन पुगेका बालबालिकाहरुलाई पुन उस्तै प्रकारको पारीवारीक वातावरणमा स्थापित गराउनु नै साहाराको घरको मुख्य उद्धेश्य रहेको छ । साहाराको घरमा संरक्षीत छोरीहरु हाम्रा लागी दया र सहानुभुतिका पात्र होईनन् हाम्रो परिवार र समाजकै अभिन्न सदस्य हुन । साहाराको घरले एउटा यस्तो आदर्श परिवारको परिकल्पना गरेको छ जहा प्रत्यृेक बालबालिकाहरु सुन्दर भविष्य को मार्ग चित्र कोर्न दत्तचित भएर लागुन । साहाराको घर आपसी सहयोग एवम सद्भाव आदानप्रदान गर्दै बालबालिकाहरुको सर्वाङगीण बिकासमा लागी परीरहने छ । यस्तो सुन्दर पारीवारीक बातावरणमा बालबालिकाहरुले आफ्.नो तितो बिगतलाई बिर्सेर सुखमय बाल्यजिवन बिताउदै उज्वल भविष्यको दिशमा अग्रसर हुन सकुन ।
साहाराको घरको मुल सन्देश ?
साहाराको घर हरेक छोरीहरुलाई सकरात्मक तथा उल्लासमय बाल्याबस्थाको प्रत्याभुति गराउन प्रयासरत छ । किनकी बालमैत्री बातावरणमा आफ्नो बालपन व्यथित गरेका वच्चाहरुले मात्र भविष्यमा सवल युवा वनी आफुमा अन्तर्निर्हीत खुवीको उच्चतम साक्षत्कार गर्न सक्दछन् बालबालिकाहरुमा उत्साह र आत्मसम्मानको सञ्चार गराउने मुख्य कारकतत्व नै परिवार हो त्यसैले हामीले बुवाआमा गुमाएका बालबालिका हरु पुन त्यस्र्तै प्रकारको पारीवारीक अभिन्न अङग भई यथासम्भव प्राकृतिक तरवले नै हुर्कनुपर्छ भन्ने मान्यता राख्दछौ । साहाराको घरले छोरीहरुका लागी मायालु घर र परिवारको अनुभुती गराउदै सफल्तापूर्वक समुदायमा समायोजित हुने मार्गचित्र प्रदान गर्नेछ । हामी उनिहरुलाई स्वावलम्भी जिम्मेवार तथा समाजको सुयोग्य सदस्य बन्न उत्प्रेरित गर्दछौ । बाल्यावस्था भनेको सुरक्षित भविक्ष्यको निम्ती पूर्वाधार निमार्ण गर्ने समय हो । शिक्षा, स्वास्थ्य र स्याहाराको उचित प्रवन्धद्धार मात्र उनिहरुको उज्जवल भविष्य सुनिश्चित गर्न सकिन्छ । साहाराको घर,स्वास्थ्य , स्याहार र शिक्षा जस्ता आधारभुत आवश्यकताहरु उनीहरुले सुबिधाका रुपमा नभई अधिकारकै रुपमा प्राप्त गर्नुपर्दछ भन्न मान्यताको वकालत गर्दछ । साहाराको घर बिशुद्ध मानवताबादी संस्था हो । हामी कुनै पनी जात, धर्म , बर्ण वा नस्ल प्रति निरपेक्ष रहि बालबालिकहरुलाई आफ्ना रुचि एवम पृष्ठभुमीका धर्मसंस्कृति अवलम्वन गर्न स्वतन्त्रता प्रदान गर्ने छौ । यसरी सामाजीक एवम् सास्कृतिक विविधताको मिश्रणले गर्दा वालबालिकाहरुले एक अर्काका धर्म संस्कृतिक र जिवनपद्धति को सम्मान गर्न पनि सिक्दछन् ।
साहाराको घरको आवश्यकता के हो ?
साच्चै भन्नु पर्दा हामी भौतिक रुपमा साह्रै अस्तवयस्त छौ । भाडाको घरमा आश्रम चलाृउनु पर्दा धेरै किसिमका असुबिधा हरु त हुनु त छदैछ त्यसमा पनी निश्चिीत आयश्रोत नहुदा नानीहरुले हाम्रो प्रयाप्त रुपमा माया बाहेक अरु धेरै कुरा हरु बाट बञ्चित हुनुपरेको छ । साहाराको घरले हाल भाडाको घर प्रयोग गर्दै आईरहेको छ
सो घर बालमैत्री हुन नसकेको ले बालमैत्री बातावरण सहितको भवन , पुस्तकालय ,फर्निचर ,खेलकुद सामाग्री , मनोरञ्जनात्मक सामाग्री खाद्यन्न लत्ताकपडा तथा पौष्टिक आहारा तथा गुणिस्तरीय शिक्षाका लागी शैक्षिक सामाग्री हरु हुन साहाराको घरका अत्यन्त आवश्यकता हुन । ् ।
अत्न्यतामा आम पाठकबन्धुहरु संग केही अनुरोध छ की ?
आम पाठक बन्धुहरु साहाराको घरलाई माया सहयोग र सद्भाव राख्नुहुने तमाम सहृदयीहरु बिदेशी भुमीमा पसिना संग आर्जेको रकमको केही प्रतिशत यि नानीहरुको उज्वल भविष्यकालागी सहयोग गर्नुहुने सहयोगी दाता हरु लगायत सम्पूर्ण प्रति अत्यन्तै आभारी छौ ।र आगामी दिनहरुमा पनि हामीलाई हजुरहरुको साथ सहयोग सल्लाह मिलीरहोस । र अन्त्यमा यि अवोध बालबालिकाको उज्वल भविष्यका लागी सम्पूर्णले दिल खोलेर सहयोग गरीदिनुहोस किनिकी तपाईको सहयोगले मात्रै यिनीहरुको उज्वल भविष्य बन्ने छ । धन्यवाद र साहाराको घरका बिषयमा आम पाठक सामु ल्याईदिनुभएकोमा हजुरलाई पनि धन्यवाद
स्रोत: मेरो अनलाइन खबर डट कम
0 comments
Write Down Your Responses