गायिका ज्योतीको प्रश्तुती उत्तेजक वन्दै - जापानमा दर्शकले लेखे आई लभ यू .. हेर्नुहोस्
टोक्यो जापान,
‘जिम्मालबाकी छोरी’ भन्दै स्टेज कार्यक्रममा आफ्ना उत्तेजक हर्कत देखाएर चर्चामा आएकी लोकगायिका ज्योती मगर पछिल्लो समयमा झन् हौसिदै आधी स्तन देखाएर स्टेज तताउन थालेकी छिन् ।
स्वदेशभित्रका केही कार्यक्रममा ज्योतीको उत्तेजक हाउभाउप्रति दर्शकले तत्कालै बिरोध जनाए पनि ज्योतीले त्यसलाई केही फरक पारेको छैन् । उनी आफ्नो प्रदर्शनमा व्यस्त छिन् ।
बिहीबार जापानको राजधानी टोक्योमा आयोजित कार्यक्रममा उनी सोही गीत झन् उत्तजेक रुपमा प्रस्तुत भइन् । उनको त्यो प्रस्तुतीले दर्शकहरूलाई मन थाम्नै गार्हो परेको कुरा समेत वाहिर आयो । उनको नृत्य शैली हलिउड गायिका बि्रटनी स्पेयर्स र माइली साइरसको झैं देखिन्थ्यो ।
तर, ज्योतीले टोक्योका दर्शकबाट बिरोधको सामना गर्नु परेन् । उनको हाउभाउ देखेर पाको उमेरका दर्शकले नाक खुम्चाए पनि तन्नेरीहरुले राम्रैसित जोस भरिदिए र मज्जाले झुमे ।
सुरुमा मगर भेषभुषामा स्टेजमा उत्रेकी ज्योती निकै सभ्य रुपमा प्रस्तुत भएकी थिइन् । केही गीत गाएर स्टेजवाट बाहिरिएकी ज्योति दास्रो पटक भने विल्कुल भिन्न गेटअपमा प्रस्तुत भइन् ।
छात्ती निकै खुल्ला भएको ब्लाउज लागाएकी ज्योतीले लेहंगा लगाएकी थिएन्, उनको पोशाक हेर्दा लग्थ्यो उनी केबल तीघ्रा देखाउन चाहन्छिन् । कार्यक्रमा गायक सुगम पोखरेलले पनि विभिन्न गीत प्रस्तुत गरेका थिए ।
सुगमको गीत सुनेर मनोरञ्जन लिने दर्शकहरुले ज्योतीको भने गीतमा भन्दा ज्यानमै धेरै ध्यान दिएका थिए । ज्योतीको हर्कत देखेर हौसिदै कागजमा ‘आइ लभ यु’ लेख्ने तन्नेरीको संख्या धेरै थियो ।
पश्चिमाञ्चल दृष्टिबिहीन बिद्यार्थीको सहयोगार्थ बलेवा सेवा समाज जापान र अन्तराष्ट्रिय नेपाली समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा ज्योतीले केही चर्चित गीत गाएकी थिइन् ।
यो फेसवुक पेज तपाईको लाईकको प्रतिक्षमा वसेको छ । एक लाईक गर्न नभुल्नुहोला ..
0 comments
Write Down Your Responses