भाले कुखुराले पोथी कुखुरालाई जिस्काएकोमा उजुरी दिएपछी...?


पुरुषले महिलाई जिस्काउदा र अन्य विभिन्न खाले हिंयौन हिंसा गर्न खोजेमा कानुनी कारवाही नै हुन्छ |तर जनावरको हकमा यो लागु हुदैन तर भारतमा एउटा एस्तो घटना सुन्नमा आएको छ जहाँ छिमेकीको भालेले आफ्नो घरको पोथीलाई जिस्काउदा एक एक दम्पतीले छिमेकीको भाले बिरुद्द पुलिशमा उजुरी नै दर्ता गरिन |
घरपालुवा पशुले पशुलाई तथा पंक्षीले पंक्षीलाई करणी गर्नु, करणीको प्रयास गर्नु वा आफुभन्दा निर्वललाई लखेट्नु जस्ता मामिलालाई पुलिस चौकीमा कसले पो पूराउला भन्ने लाग्छ । तर आफ्नो घरको पोथीलाई छिमेकीको भालेले बारबार जिस्काएपछि भारतको उत्तर प्रदेशस्थित लखिपुरका इश्वरदिन र उनकी श्रीमती रामगुनी आफ्नो घरको पोथी कुखुरालाई छिमेकीको भाले कुखुराले जिस्काएको तथा हिंसा गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी गर्न पुगेपछि प्रहरी चौकीका पुलिसहरु अचम्ममा परे ।

आफ्नो घरमा पालेको पोथी कुखुरा लाई जिस्काउदा उसको घरको मालिक संग पनि विवाद हुने गरेको भन्दै अति भएर पुलिस समक्ष गएको बताएका छन | गएको बुधबार पनि एउटा भाले आएर पोथीलाई टाढा सम्म लखेट्यो बल्ल बल्ल भाले समातेर उनीहरु पुलिशको मा पुगेका थिए |सुरुमा उजुरी दर्ता गर्न नमानेपनि पछि दर्ता गरेको,छानबिन गरि भाले र उसको परिवारलाई कारबाही गरीले आस्वाशन समेत दिएका छन |
नेपाल जापान डट कमवाट

0 comments

Write Down Your Responses