entertainment
»
वेहुलाले धोती फेर्न नमान्दा विवाह रद्द, वेहुलालाई चौविस घण्टा वन्धक वनाईयो हेर्नुहोस्
वेहुलाले धोती फेर्न नमान्दा विवाह रद्द, वेहुलालाई चौविस घण्टा वन्धक वनाईयो हेर्नुहोस्
रौतहट,माघ १८ – सुन्दा पनि निकै अनौठो लाग्छ । बेहुलीलाई सिन्दूर हाल्नुअघि बेहुलाले धोती फेर्न नमान्दा तेजापाकडमा एउटा बिहे नै भाँडिएको छ । बिहीबार राति बाराको कचोर्बाबाट आएका डेढ सय जन्ती विवाहको आधासंस्कार सकेर पनि बेहुलीबिनै फर्किए । धोती लगाउन नमानेको विषयमा विवाद चर्किंदै गएपछि बेहलीपक्षले बेहुलालाई चौबिस घन्टा बन्धकमात्रै बनाएनन् , विवाहमा लागेको सम्पूर्ण खर्चसमेत तिराएर रित्तै हात फर्काइदियो । दुवै पक्षको मन्जुरीमा माघ १ गते विवाह छिनिएपछि दुवै पक्षले आआफ्नो सामाजिक र पारिवारिक हैसियतअनुसार तयारी गरेका थिए । सम्पूर्ण काम राम्रैसित भइरहेको थियो ।

बेहुला–बेहुलीको जोडी र पारिवारिक हैसियत मिलेको देखेर सबै खुसी नै थिए । तयारी पूरा गरेर बारा कचोर्वा –८ का २१ वर्षीय दीपेन्द्र साह जन्तीसहित रौतहट तेजापाकड ५ स्थित बेहुलीको घर पुगे । बेहुलीका बाबु कन्हाइ साहले जन्तीलाई भव्य स्वागत गरे । रातिको बिहे थियो ।सम्पूर्ण कर्म वैदिन विधि र परम्परागत संस्कारअनुसार चलिहरको थियो । सिन्दूरदान गर्नुअघि बेहुलाले धोती लाउनुपर्ने र टाउकोमा गम्छा हाल्नुपर्ने संस्कार छ । बेहुलीको सिउँदोमा सिन्दूर हाल्नुअघि पुरोहितले धोती लाउन समय भएको बताए । बेहुली पक्षले दीपेन्द्रलाई धोती लाउन आग्रह गरे । तर,आफूले कहिल्यै नलगाएको भन्दै उनले मानेनन् । बेहुलाले संस्कार मान्न आनाकानी गरेपछि बेहुली पक्ष सशंकित भयो । विस्तारै विवाद बढ्न थाल्यो । बेहुला लिन गएको बेहुलो आफैं बन्धक बन्नुपर्यो,आजको नागरिक दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses