‘म सडकछाप वेश्या होइन, प्रष्ट्रिट्युसन इज माई विजनेश’ -कलगर्ल
एक यौनकर्मीले ‘म सडकछाप वेश्या होइन, प्रष्ट्रिट्युसन इज माई विजनेश’ यसो भन्दा तपाई अवश्यपनि झस्किनुहुन्छ । यो घटना भारतको लखनउको हो ।
सोच्नुस् कुनै युवतीले सोधपुछका दौरान प्रहरीसँग, ‘म वेश्या होइन, यो मेरो व्यापार हो’ भनिन् भने प्रश्न सोध्नेले तत्काल के बोल्लान् ? पक्कै पनि एकछिन अवाक नै बन्नेछन् । घटना भारतको लखनउको हो । एक कलगर्ल प्रहरीकोमा उजुरीका लागि पुगिन् । उनलाई एक आवाराले पाँचतारे होटलमा लगेर मस्तीमात्रै गरेन, पैसा दिनुको साटो उल्टै लुटेर भाग्यो । त्यसपछि उनी सहारा खोज्दै प्रहरीकोमा पुगिन् । सोधपुछका दौरान उनले दिएको जवाफबाट प्रहरी अफिसरहरु एकछिन त अवाक नै भए । ती युवतीले आफ्नो पूरै कहानी सुनाईन् र भनिन्, ‘म सडकछाप वेश्या होइन, प्रष्ट्रिट्युसन इज माई विजनेश’ । साथै उनले २ करोड कमाएपछि ब्यूटी पार्लर सुरु गर्ने योजना बनाएको पनि सुनाउन भ्याइन् । प्रहरीका अनुसार ती कलगर्लले बडी फिटनेसको लागि ट्रेनर र खानपानको व्यवस्थापनका लागि डाइटिसियन पनि राखेकी रहिछिन् । अंग्रेजी निकै राम्ररी बोल्ने उनले एउटा खान्दानी युवतीको भन्दा राम्रो लाईफ स्टाइल बिताइरहेकी छिन् । यतिमात्रै होइन आफूले प्रत्येक महिना हेल्थ चेकअप पनि गराउने गरेको उनको दावी थियो । यस्तो वयानसँगै प्रहरीले आरोपीहरुको खोजी थालेको छ भने, उनलाई पनि वेश्यावृत्तिको आरोपमा जेल पठाउने तयारी गरेको छ । भारतमा यसरी वेश्यावृत्तिलाई पेशा बनाउनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको भारतीय अनलाइन एबिपी न्यूजमा खबर छ ।तपाईलाई यो पेज अवश्यपनि मन पर्योहोला । तलको फेसवुक पेजमा एक लाईक गर्न नभुल्नुहोला । धन्यवाद

0 comments
Write Down Your Responses