अमेरिकाको दोहोरो चरित्र- मोदीलाई ओवामाको झड्का - किन भयो रूवावासी भारतमा -हेर्नुहोस् ।

अमेरिकाको दोहोरो चरित्र,  मोदीलाई  ओवामाको झड्का  । 
अमेरिकी राष्ट्रपति बराक ओबामा यसै महिना भारतको गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा भारत आउँने भएका छन् । ओबामाको भ्रमणमा भारतले निक्कै  ठुलो आशा गरेको छ तर ओवामाको व्यावहारले भारत निराश पनि वनेको छ ।  नेपालमा मोदी आउँदा जस्तो उत्साह यतिबेला भारतमा ओबामा आउने कारणले छ तर भारत आउनु अघि भारतलाई एक झट्का दिएका छन् जसले भारतको आशा पुरै निराशामा बदलिने आशंका छ ।
 हिजोआज भारतीय सञ्चार माध्यममा ओबामा भारत आउनु अघि पाकिस्तानले आतंकवादी घुसपैठ गराउन खोजेको टिप्पणी गरिरहेका छन् । सीमा क्षेत्र देखि समुन्द्री क्षेत्रमा समेत पाकिस्तानले पाकिस्तानी घुसपैठ गराउन खोजेको भारतीयपक्षको  आरोप छ । आतंकवादीले ओबामा भ्रमणको समयमा भारतमा अनिष्ट गराउन चाहेको र त्यसलाई पाकिस्तानबाट सहयोग मिलिरहेको भारतीय सञ्चार माध्यममा बहस चलिहेको छ । तर भारतीय मिडियालाई त्यसको भन्दा पनि चिन्ता चाँहि अमेरिकाले पाकिस्तानलाई स्यावास भनिरहेको भन्नेमा  वढी ध्यान तानेको छ ।  ओबामाले भारत आउनु अघि पाकिस्तानलाई आतंकवादी संगठनविरुद्ध राम्रोसँग कारवाही गरिरहेको भनेर प्रमाणित हुने सर्टिफिकेट दिएको भन्दै भारतीय मिडियामा कोकोहोलो मच्चिएको छ ।

अमेरिकाको दोहोरो चरित्र
भारतीय विश्लेषकहरुले ओबामाले दोहोरो चरित्र देखाइरहेको आरोप लगाएका छन् । एकातिर भारतसँग आतंकवादविरुद्ध सहकार्य गर्ने कुरा गर्ने र अर्कोतिर पाकिस्तानसँग पनि त्यसैगरी हात बढाउनु अमेरिकाको दोहोरो चरित्र रहेको उनीहरुको विश्लेषण छ ।
भारत भ्रमणमा आउनु अघि अमेरिकी विदेशमन्त्री जोन केरीले पाकिस्तान सरकारलाई अल कायदा, लश्कर-ए-तोइबा र ज्याश-ए-मोहम्मद जस्ता संगठनविरुद्ध लड्नका लागि सर्टिफिकेट दिएको भन्दै भारतमा हंगामा भएको छ । यो सर्टिफिकेटले पाकिस्तानलाई अमेरिकाले दिने सहयोग दिन पनि बाटो खुलेको छ जुन भारतको सबै भन्दा ठूलो टाउको दुखाइको विषय हो ।

अमेरिकाले अहिले दिएको सर्टिफिकेटले केही वर्ष अघि पारित विधेयकमा आधारित भएर पाकिस्तानलाई आतंकवादी संगठन अलकायदा लगायतका अन्य संगठनविरुद्ध कारवाही गर्ने शर्तमा ठूलो धनराशि सहयोग गर्ने छ ।अमेरिकी कांग्रेसमा सन् २०१० मै पारित यो विधेयक अनुसार पाकिस्तानले आतंकवादी संगठनविरुद्ध कारवाही गरेको भन्दै १ दशमलव ५ अर्व डलर सैन्य सहयोग पाउन सक्नेछ । यसैका आधारमा भारत भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रपति ओबामाले पाकिस्तानलाई ठूलो सहयोग दिने घोषणा गर्न सक्ने अनुमान भारतीय विश्लेषकहरुको छ ।
 किन भयो भारतमा रुवाबासी:---

भारतले अमेरिकाले पाकिस्तानलाई दिन सक्ने सहयोगप्रति गम्भिर आपत्ति जनाउँदै यो अमेरिकाको दोहोरो चरित्र भएको आरोप लगाएको छ । पाकिस्तानले सीमाको अन्तराष्ट्रिय नियम उल्लङ्घन गरिरहेको र आतंकवादी संगठनमाथि कारवाही गर्नुको साटो उल्टो मलजल गरिरहेको आरोप लगाउँदै यस्तो समयमा यस्तो सहयोग दिनु भारतविरुद्धको कदम हुने भारतको ठम्माइ छ भने आतंकवादीको कारण भारतमा रूवावासी चलेको छ ।

शनिबार भारतप्रशासित जम्मुमा पाकिस्तानी आतंकवादी संगठनले गर्न खोजेको घुसपैठलाई भारतीय सेनाले निष्क्रिय पारेको दावी गर्दै भारतीय सञ्चार माध्यमले अमेरिकी राष्ट्रपति बराक ओबामा भारत आउनु अघि भारतलाई दिइएको झापडकोरुपमा समेत अर्थ्याएका छन् । भारतले मुम्बइ आक्रमणका मुख्य योजनाकार भनिएका हाजिफ सइदलाई रिहाइ गर्ने पाकिस्तानी अदालतको आदेशलाई समेत यसैसँग जोडेका छन् ।अमेरिकी राष्ट्रपति बराक ओबामा २६ जनवरीमा भारतको गणतन्त्र दिवसको अवसर पारेर मुख्य अतिथिकोरुपमा भारत भ्रमणमा आउँदैछन् । त्यस अघि अमेरिकी विदेशमन्त्री जोन केरी भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागी हुन भारत आउँदैछन् । केरीले भारतको मात्र नभएर पाकिस्तानको समेत भ्रमण गर्ने अनुमान गरिएको छ ।

ओबामाको भ्रमणबाट भारत र खासगरि मोदी नेतृत्वको सरकारले धेरै नै अपेक्षा गरेको थियो । आतंकवादलाई पश्रय दिएको भनिएको पाकिस्तानलाई अमेरिकाले प्रत्यक्षरुपमा कुनै आडभरोसा नदियोस भन्ने उसको चाहानलाई ह्वाइट ह्वासले नजरअन्दाज गरेपछि मोदीमोह जालबाट राष्ट्रपति ओबामा पहिल्यै मुक्त भैसकेको विश्लेषण समेत भारत र दक्षिण एसियाली मामलाका जानकारले गर्न थालेका छन् ।
  भारत , पाकिस्तान र अमेरिका अव के हुन्छ हेर्न वाकी नै छ ।

तपाईलाई यो पेज अवश्यपनि मन पर्योहोला । तलको फेसवुक पेजमा एक लाईक गर्न नभुल्नुहोला । धन्यवाद 

0 comments

Write Down Your Responses