कण्डमको आकार सानो भयो भन्ने पुरूषहरूलाई गायिकाको चोटिलो जवाफ - तस्विर सहित -हेर्नुहोस्

एजेन्सी,
मान्छेका शोख पनि कस्ता कस्ता हुन्छन् । सुन्दा पनि निकै अनौटो लाग्छ ।
 स्विडेनकी १७ वर्षकी एक चर्चित गायिकाले आफ्नो खुट्टामा घुाडासम्मै कण्डम लगाएर पुरुषहरुलाई चोटिलो जवाफ दिएको समाचार अहिले पश्चिमा मिडियाहरुमा खुबै चर्चित बनिरहेको छ । स्विडेनकी किशोरी पप गायिका जारा लार्सनले ठूलो लिंग भएको भन्दै घमण्ड गर्ने पुरुषहरुका नाममा आफ्नो खुट्टालाई कण्डमभित्र घुसारेको तस्वीर इन्स्टाग्राममा अपलोड गरेपछि त्यो भाइरल बनेको छ । आफ्नो लिंग निकै ठूलो भएको र सोही कारण आफुलाई अस्थायी साधन कण्डमको आकार सानो भएर प्रयोगवीहिन भएको दाबी पुरुषहरुलाई व्यंग्य गर्दै उनले यस्तो गरेकी हुन् । आफ्नो त्यतिठूलो खुट्टालाई समेत मिल्ने आकारका कण्डम हुादाहुादै कतिपय पुरुषहरुले आफ्नो लिंग कण्डमका लागि ठूलो भएको तुजुक देखाएको सायद उनलाई मन परेनछ ।

त्यसैले आफुले प्रयोग गर्ने  सामाजिक संजाल इन्स्टाग्राममा कण्डम बेरिएको आफ्नो खुट्टाको तस्वीर अपलोड गर्दै लेखेकी छिन्, ‘कण्डमका लागि मेरो गुप्तांग निकै ठूलो छ भन्ने सबै पुरुषहरुका लागि, आसन ग्रहण गर ।’ ‘मेरो खुट्टा भन्दा ठूलो तिमीहरुको गुप्तांग त छैन होला नी ?’भन्ने उनको आसय हो ।तन्नेरीलाई चुनौति दिनेगरि किशोरी गायिकाले यस्तो तस्वीर र सन्देश सोसल साइटमा राखेपछि त्यसलाई तत्कालै धेरै मानिसले हेरे, दशौा हजारले लाइक समेत गरिसकेका छन् । कतिले यसलाई नराम्रो  भनी टिप्पणी गरे भने धेरैले सकारात्मक रूपमा लिए ।

 उनको  यो हर्कतलाई स्विडेन, नर्वे तथा डेनमार्कका मिडियाहरुले तत्कालै प्रकाशन तथा प्रशारण गरे । धेरै मिडियाहरुले गायिकाको यस्तो सन्देश गैरजिम्मेवार पुरुष पार्टनरहरुलाई पाठ भएको टिप्पणी गरे भने कतिपय पत्रिकाहरुले ती गायिकालाई महिलावादी आइकनको बिल्ला भिराएका डेलीस्टारले उल्लेख गरेको छ ।

आफ्नो तस्वीर र पोष्टले यतिधेरै चर्चा पाएकोमा जारा आफै अचम्मित छिन् । आफुले केवल रमाइलो जोकको रुपमा इन्स्टाग्राममा तस्वीर र भनाइ पोष्ट गरेको तर पत्रिकाहरुले आफुलाई अति महिलावादी जिनियस भनेर लेखिरहेको उनले बताइन् ।  आफु अति महिलावादी नरहेको उनको स्पष्टिकरण छ ।सन् २००८ मा स्विडेनको टेलिभिजन रियालिटी शो जितेसागै चर्चामा आएकी जारा पछिल्लो समय निकै चर्चित छिन् । उनका गिति एल्वबहरुले ऐतिहासिक व्यापार गरिरहेका छन् । उनी यो पोष्टले अहिले विषवभरी चर्चित भएकी छिन् ।
<<>>
यो मनोरन्जनात्मक साईटको फेसवुक पेजमा एक लाईक गर्न नभुन्नुहोला । तपाईलाई सधै खुसी मिल्नेछ धन्यवाद


0 comments

Write Down Your Responses