नायिकाले पैसा तिरेर आफुलाई थप्पड हान्न लगाएको खुलासा -


 एजेन्सी  मुम्बई । टिभी प्रस्तोता तथा नायिका गौहर खानको थप्पण प्रकणले केही समयअघी भारत तातेको थियो । भारतको मुम्वईमा चलिरहेको एक रियालिटी सो शो 'इंडियाज रॉ स्टार'  मा सुटिङको दौरानमा स्टेजमा गएर एक युवकले   थप्पड हानेका थिए । मुस्लिम भएर पनि  अंग प्रदर्शन गरको भन्दै थप्पड  हानेको  भन्ने  घटनाले निकै हंगामा मच्चाएको थियो तर सो थप्पड अभिनेत्री खानले नै पैसा तिरेर हान्न लगाएको तथ्य वाहिर आएपश्चात घटनाले नयाँ मोड लिएको छ । अझै वढी  चर्चामा आउनको लागि यस्तो गरेको अनुमान गरिएको छ ।
 भारतिय संचार माध्यामका अनुसार  थप्पड प्रहार गर्ने आरोपीले गौहरले लगाएपछि आफूले थप्पड प्रहार गरेको  र थप्पड हाने वापत रकम समेत पाएको  बताएका छन् ।उनले गौहरले चर्चामा आउँन यस्तो गरेको  समेत खुलाएका छन् ।  घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाईएको छ ।

तपाईलाई यो साईटले मनोरन्जन दियोहोला - तलको फेसवुक पेजमा एक लाईक गर्न नभुल्नुहोला , सधै खुसी दिनेछ । 

0 comments

Write Down Your Responses