ओबामाकी छोरीको सेल्फी लिक हुँदा इन्टरनेटमा भाईरल

अमेरिका, पुस २३ –
 ओबामाकी छोरीको सेल्फी लिक हुँदा इन्टरनेटमा तहल्का मच्चिएको छ ।  अमेरिकी राष्ट्रपति बाराक ओबामाकी पहिलो सन्तान मालिया ओबामाको सेल्फी निकै रहस्यमय तरिकाले इन्टरनेटमा छाइरहेको छ ।   १६ वर्षीया मालियाको केहि सार्वजनिक उपस्थितिमा ह्वाइट हाउसले कडा नियन्त्रण गर्दा गर्दै पनि उनको यो पर्सनल फोटो भाइरल हुँदा हलचल मच्चिएको छ ।  
ओबामाका दुबै छोरीहरु मालिया र सासाको पर्सनल लाइफको विषयमा केहि कुरा पनि सार्वजनिक गरिएको छैन । उनको यस प्रकारको पर्सनल फोटो इन्टरनेटमा भाइरल भएको यो पहिलो घटना हो । फोटोमा मालियाले टी–सर्ट लगाएकी छिन् जसमा एक र्याप ग्रुपको नाम लेखिएको छ । उनको मुख खुल्ला छ र उनले क्यामरामा हेर्दै आफ्नो कपाल मिलाउँदै छिन् । यो फोटो कसले खिचेको र कसरी इन्टरनेटमा लिक भयो भनेर थाहा भएको छैन । यो कुन अवस्थामा कहाँ खिचिएको भन्ने कुरा थाहा नभएको गकर डट कमले बताएको छ ।   ओबामाका छोरीहरुको सुरक्षाको जिम्मा लिएको ह्वाइट हाउसले अहिलेसम्म यो फोटामाथि कुनै पनि टिका–टिप्पणी गरेको छैन ।  रातोपाटीमा खवर छ ।

ONe LIke This Facebook Page Please ..

0 comments

Write Down Your Responses