काठमाडौं – मन्त्री क्वाटरभित्रै सौतासौताबीाच घम्साघम्सी, जेठी हुदाहुदै कान्छी ल्याउनेलाई कडा कानुनी कारवाही नहपनुको उपज । निवर्तमान उद्योग मन्त्री कर्णबहादुर थापाका -वुहारी जेठी कान्छीको भुत्लाभुत्ली ।
छोरो यहीबेला बिरक्तिएर हिँड्ने । उता,हनुमानढोकामा यिनैको कुरालाई लिएर अर्को गर्मागर्मी । सिनेमा लेख्नेहरुले पटकथा बनाएजस्ता यी घटना फरक छन्,तर बास्तविक हुन् । यस्तो पीडा खेप्ने हालै अपदस्थ मन्त्री हुन् । उनी यस्तै पीडाका बीच देशको हालखबर बुझ्न मन्त्रालयमै समाचार हेर्दै थिए–आँफै पदबाट हटेको समाचार देख्नुपर्यो । उनी हुन्,निवर्तमान उद्योग मन्त्री कर्णबहादुर थापा । एकतिर दुई निसानमा भनेजस्तो थापा र पर्यटनमन्त्री भीम आार्यलाई निकालेर अरु मन्त्री पनि तर्साउने यो काइदाको चर्चा एक ठाउँमा छ । पार्टी अध्यक्ष केपी ओलीका विश्वासिला कर्ण बिनाखबर हटाइनुपूर्व उनले खेपेको हैरानीका कथा अनेकन छन् ।
पहिलो झन्झट हो घर झगडाको । छोरो सहबिर भिम रावल गृहमन्त्री भएको बेला राष्ट्रिय अनुसन्धानको असईमा भर्ना भएका थिए । अहिले आफ्नै बुबा मन्त्री भएका बेला इन्स्पेक्टर बन्ने चाहना जाग्नु स्वभाविक थियो । त्यसमाथि ओलिनिकट बामदेब गृहमन्त्री भएका बेला समय झन अनुकुल हुने नै भयो । तर सहवीरले सोचेजस्तो मौका पाएनन् । यसपछि जागिर,घर र दसैं छाडेर हिँडे । मकाउमा छु भनेर फोन गरेका थिए । ‘कान्छीसँग बसेर देशको मन्त्री हुने,तर जेठीतिरबाट भएको एउटा छोरोलाई पनि लखेट्ने?’ यसो भन्दै बाजुराको मार्तडीबाट कर्णकी जेठीपत्नी बम्किँदै काठमाडौं आइन् । ‘मेरो छोरो किन निकालिस् ?’ भन्दै कान्छी कमला ओलीसँग घम्साघम्सी नै चल्यो । व्यक्तिगत पनि होइन,अरु सबै मन्त्री बस्ने पुल्चोकस्थित सरकारी आवासमा भएको घटना हो यो । पत्नीहरु झगडामा ओर्लिएपछि कर्णले यसलाई मिलाउनै पथ्र्यो । छोरोसँग आमाको कुरा गराए । त्यति धेरै विरक्तिएको होइन भन्ने प्रमाणित गराए । इन्स्पेक्टर बनाइदिने कुरा बामदेबलाई भनेको तर बामदेबले पछि गरौंला भनेर पन्छाएको कुरा सुनाए । त्यसपछि सहमति भयो दुबै जना मन्त्री क्वाटरमै बस्ने । अलग–अलग भान्सा गर्ने । आफुले चाहिँ दिन बिराएर एकदिन जेठीकहाँ,एकदिन कान्छीकहाँ खाने–बस्ने । तर पत्नीहरु मिलाएर के गर्नु,हप्ता दिनपछि मन्त्री पद नै चट् भयो ।
आजको जनआस्था साप्ताहिकमा खबर छ । -


0 comments
Write Down Your Responses