खोलाले वगाएर वेपत्ता भएका पुर्व  सैनिकमध्ये एकको शव फेला ..
देवचन्द्र भट्ट
नुवाकोट, असोज ४ गते
खोलाले वगाएर वेपत्ता नुवाकोटको पश्चिमी भेगमा रहेको राइसिहका दुई पुर्व भारतीय सैनिकमध्ये एक जनाको शव फेला परेको छ । शुक्रवार राती नौ वजेदेखि खोलाले वगाएर वेपत्ता दुई पुर्व भारतीय सैनिकमध्ये एक जनाको शव घटनास्थलदेखि २० किलोमिटर तल त्रिशूली नदी किनारामा फेला परेको हो ।
राती परेको अविरल वर्षापछि विदुर नगरपालिका वडा नं. ८ केउरीनीखोलामा आएको वाढीले बगाएर दुई जना वेपत्ता भएका थिए ।
पुर्व भारतीयसैनिक विदुर नगरपालीका वडा नं. ८ राइसिङका ५७ वर्षिय हस्तवहादुर भनिने हर्कवहादुर  घलेको शव तारूका गाविस वडा नं. १ पिमलटारमा २० घण्टापछि फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।खोला तर्ने क्रममा नदीले वगाएर हर्कवहादुरसंगै वेपत्ता भएका छिमेकी ५५वर्षिय फलवहादुर तामाङको भने कुनै अत्तोपत्तो नभएको प्रहरी निरीक्षक प्रकाशराज शर्माले बताए । उनको पनि खोजी जारी भएको छ भने मृत्यु भएको आशंका गरिएको छ ।
दुवै पुवै भारतीय सैनिकलाई विदुर नपा वडा नं. ८ केउरीनी खोलामा आएको वाढीले वगाएर वेपत्ता वनाएको थियो । वेपत्ता पुर्व भारतीय सैनिकको प्रहरी र स्थानीयवासीले खुर्सानीखोला, राइसिहखोला र त्रिशूलीखेलामा खोजी कार्य जारी राखेको स्थानीय युवा फैसिङ तामाङले जानकारी दिए ।
शुक्रवारै राजधानी सोह्रखुट्टेस्थित भारतीय पेन्सन क्याम्पवाट दशैैंका लागी पेन्सन वुझी घर गइरहेको समयमा हर्कवहादुर र फलवहादुर तामाङलाई केउरिनी खोलाले वगाएपछि सामरी खोला हुदै त्रिशूली नदीमा वेपत्ता पारेको हो । खहरेखोलामा ठुलो वहाव आएका कारण राती उनीहरुलाई वगाएको हो ।

0 comments
Write Down Your Responses