entertainment
»
प्रियंका चोपडालाई अन्डरवेयर देखाउन अनुरोध गर्ने निर्देशक हो हुन् ?
प्रियंका चोपडालाई अन्डरवेयर देखाउन अनुरोध गर्ने निर्देशक हो हुन् ?
एजेन्सी नयाँ दिल्ली –
वलियुड नायिका प्रियंका चोपडाले एक नयां रहस्य खोलेकी छिन् ।
केहि दिन पहिले बलिउडकी चर्चित नायिका दिपिका पादुकोणले ट्विटरमा आफ्नो वक्षस्थलको बारेमा टिप्पणी गर्नेहरुलाई मुखभरीको जवाफ दिँदै आफ्नो मनमा लागेको कुरा निर्धक्क बताएकी हुन् । यस्तैमा, बलिउडकी अर्की नायिका प्रियंका चोपडाको नयाँ पोष्टले लाग्छ कि अब बलिउडका नायिकाहरुले आफ्नो मनमा लागेका कुराहरु प्रशंसकहरुलाई निर्धक्क भन्दै छन् – ट्विटरमार्फत ।

ट्विटरमा दिइएको एक अन्तर्वातामा प्रियंकाले एक फिल्मका निर्देशकले एउटा फिल्ममा उनलाई अण्डरवेयर देखाउन आदेश दिएको जसका कारण उक्त फिल्ममा काम गर्न छोडेको खुलासा गरिन् । उक्त ट्विटर अन्तर्वाता एक प्रतिष्ठित फिल्म म्यागजिनको लागि गरिएको थियो । अन्तर्वातामा कुनै निर्माता वा निर्देशकले तपाईंलाई गर्न लगाएको सबैभन्दा अचम्मको कुरा के हो भन्ने प्रश्नमा प्रियंकाले जवाफ दिइन्, ‘सबैभन्दा अचम्म त्यो थियो, जब एक निर्देशकले धेरै मानिसहरुलाई फिल्म देखाउनका लागि एउटा गीतमा मेरो अण्डरवेयर देखाउन भने । त्यसपछि मैले त्यो फिल्म छोडिदिए ।’ प्रियंकाको यो सबैलाई चकित पार्ने ट्विटर अन्तर्वातामा कमेन्ट गर्दै उनका प्रशंशकहरुले त्यस्तो आदेश दिने निर्देशक को हो भनेर सोध्दा प्रियंकाले ती सबै प्रश्नहरुमध्ये कुनैको पनि जवाफ दिएकी छैनन् । अहिले सवैको चासो वनेको छ को हो अन्डरवेयर देखाउन अनुरोध गर्ने निर्देशक ?
0 comments
Write Down Your Responses