News
»
६ महिनाको गर्भिणी महिलालाई विभत्सरूपमा जलाईयो ।
६ महिनाको गर्भिणी महिलालाई विभत्सरूपमा जलाईयो ।
नेपालगञ्ज,असोज ५ –
मानवियता लाई भुलेर अरूलाई चोट पुर्याउनेहरू हाम्रो समाजमा प्रसस्तै छन् । आफ्नो र अरूको शरिर उस्तै हो भन्ने नै भुलेपछी, मानसिक र शारिरिक यातना दुवै सहन वाध्य छन् नेपालका नारीहरू ।
नेपालगञ्जस्थित बाँके गाउँमा बस्दै आएकी ६ महिनाको गर्भिणी एक महिलालाई आगो लगाएर विभत्स रुपमा जलाइएको छ , प्रहरीले ३० वर्षीया साजाहाँ राई काबडियालाई जलाएको आशंकामा उनका पति मोहमद समीरलाई पक्राउ गरेको हो ।
शरीर पूरै जलेकी गर्भवती साजाहाँलाई शुक्रबार राति उपचारका लागि भेरी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा कार्यरत नर्स सुभद्रा रोकायले उनको अबस्था अत्यन्तै नाजुक रहेको बताइन् । ,‘छट्पटाइरहेकी छन्,स्लाइन दिने ठाउँसमेत छैन,नसाहरु सबै जलेका छन्,’ रोकायले भनिन् । अस्पतालमा सजाहाँका कुरुवासमेत कोही छैनन् । ‘यताउताबाट हामीले नै ओषधिउपचार गरिरहेका छौं,’ रोकायले भनिन् । अस्पतालमा खटिएका प्रहरी जवान नरेन्द्र केसीले एकजना आफन्त हुँ भन्दै आएको तर खाना लिएर आउँछु भनेर हिँडेपछि फर्केर नआएको बताए । ‘कोही आफन्त पनि आएका छैनन्,पानी र खाना दिने मान्छे समेत कोही छैन’ केसीले भने । शरिर ८०% अवस्थामा छ ।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses