युरोपका वैज्ञानिकहरुले एक मानवरहित अन्तरिक्ष यानले एक दशक भन्दा लामो यात्रा पछि एउटा पुच्छ्रे तारालाई भेटेको जनाएका छन्।
रोजेटा अन्तरिक्ष यान १० वर्ष सम्म सौर्य मण्डलको यात्रा पछि सो पुच्छ्रे तारामा पुगेको बताइएको छ।
अन्तरिक्ष इतिहासमै पहिलो पटक तेज गतिमा अघि बढिरहेको एउटा वस्तु संगै सो अन्तरिक्ष यानलाई राखिएको थियो।
त्यसले पछि उक्त पुच्छ्रेताराको सतहको नाप नक्सा निकाल्न थालेको थियो।
"हामी अब सो पुच्छ्रेतारामा पुगेका छौ। १० वर्ष पाँच महिना र चार दिन पछि त्यो सफलता हासिल भएको हो।"
सिल्भाँ लोदियो, युरोपेली अन्तरिक्ष निकाय
युरोपको रोजेटा अन्तरिक्ष यान आफ्ना थ्रस्टरहरुलाई साढे छ मिनेट सम्म चलाएपछि ६७ पि/चुरियुमोभ गेरासिमेन्क नाम दिइएको सो पुच्छ्रेतारामा पुग्न सफल भएको थियो।
पुच्छ्रेतारा
युरोपेली अन्तरिक्ष निकायका सिल्भाँ लोदियोले भने, हामी अब सो पुच्छ्रेतारामा पुगेका छौ।
![]() |
| रोजेटा उपग्रह एउटा पुच्छ्रेतारामा सफलतापूर्वक अवतरण गरेको वैज्ञानिकहरुले जनाएका छन् |
युरोपेली अन्तरिक्ष निकायका वैज्ञानिकहरुका अनुसार अनुसार त्यसक्रममा सूर्यलाई पाँच पटक परिक्रममा गरिएको थियो र ६ दशमलव ४ अर्ब किलोमिटर लामो यात्रा गरिएको थियो।
एरियन रकेटबाट सन् २००४ को मार्चमा प्रक्षेपण गरिएको रोजेटा सौर्य मण्डल वरिपरिको लामो बाटो समातेर ६७ पि नामक पुच्छ्रेतारालाई भेट्याएको थियो।
बीबीसीका विज्ञान संपादक डेभिड शुकमानका अनुसार रोजेटा यान सो पुच्छ्रेतारामा पुगेको संकेत पृथ्वीमा आउन २३ मिनट लागेको थियो।
वैज्ञानिकहरुले अब ग्रह, तारा र पुच्छ्रेताराको अध्ययन गर्न थप जानकारीहरु प्राप्त हुने अपेक्षा गरेका छन्।
विविसीवाट


0 comments
Write Down Your Responses