हमास-इजरायल युद्द ३ दिने युद्दविरामको घोषणा, इजरायली सेना गाजापट्टीवाट फर्किदै


गाजाफट्टीमा ३ दिन युद्धविराम भएको छ । इजरायल र प्यालेष्टायनी युद्धरत लडाकू समूह हमासलगायत अन्य समुहहरु पनि युद्दविराम गर्न तयार भएपछि युद्दविराम गरिएको हो । इजिप्टको राजधानी कायरोमा भएकोहमास लगायत ति समुहहरुको छलफलपछि यो सहमति गरिएको थियो । अहिले विहान ८ बजेदेखि  युद्दविराम शुरुभइसकेको छ  ।
यसैविच युद्दविराम लागुभएको केही मिनेट अघि हमासले इजरायलका विभिन्न वस्तीहरुमा रकेटको वाढि नै ल्याएको थियो ।  आस्केलन, द्दोट नेगेभ, किरात मलाखी, रेखोवोट, रिसोन लेत्चियोन, गेदरा, लोड, राम्ले र जेरुशलेमको पूर्व मा रहेको माल्यादुमिनमा १७ वटा रकेट प्रहार गरिएको थियो । प्रहार गरिएका मध्य ६ वटा रकेट आइरन डोमले निस्क्रिय गरिएको थियो ।
 दुई पक्षबीच यसअघि पनि गरिएका पटक पटकका युद्ध विराम शुरु हुनै नपाई उल्लंघन भएका थिए । सोमवार मात्रै इजरायलले सात घण्टाका लागि एकपक्षीय युद्ध रोकेको थियो । करिव १ महिनादेखि जारी सशस्त्र द्वन्दमा अधिकांश संर्वसाधार गरी १८ सयभन्दा बढी प्यालेष्टायनीहरु मारिएका छन् भने ६७ जना इजरायली सैनिक मारिएको बताइएको छ ।

कायरोमा थप वार्ताका लागि दुबै पक्षलाई बोलाइएको छ । तर प्यालेष्टायनले भने आफ्नो भूमिका तैनाथ इजरायली सेना र टैंकहरु पहिले हटाउनुपर्ने, सबै खाले नाकाबन्दी खारेज गर्नुपर्नेलगायतका मागहरु अगाडि सारेको छ  ।
इजरायलले प्यालेष्टायनी शरणार्थी रहेका राष्ट्रसंघीय शिविरहरुमासमेत आक्रमण गरी निहत्था अशक्त व्यक्ति, महिला, बालबालिकाको हत्या गरेको भन्दै राष्ट्रसंघलगायत विश्व समुदायले निन्दा गरिरहेका छन् ।
 एन आइ न्यूज इजरायल

0 comments

Write Down Your Responses