कोहिनुर चलचित्र हेर्न दर्शक ओइरिएको खबरले नायिका श्वेताको आशु रोकिएन

काठमाडौं,भदौ१–‘कोहिनुर’ फिल्मकी नायिका तथा श्रीकृष्णकी पत्नी श्वेता खड्का चलचित्र हेर्न दर्शक ओइरिएको खबरले भावुक बनेकी छन् । म्हेपीस्थित श्रीकृष्णको घरमा शोकमा बसिरहेकी श्वेतालाई शुक्रबार निर्देशक आकाश अधिकारीले भेटेका थिए । निर्देशक अधिकारीले कोहिनुर हेर्न दर्शक ओइरिएको विषयमा श्वेतालाई जानकारी दिएका थिए । ‘मैले दर्शक ओइरिएको जानकारी दिएपछि उहाँ झन भावुक भएर रुनुभयो । केही बोल्न सक्नुभएन’अधिकारीले भने । कोहिनुरमा श्वेताले गरेको अभिनयको निकै नै तारिफ भइरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । यसैबीच निर्देशक आकाश अधिकारीले फिल्मले
ठुलो सफलता प्राप्त गर्दै जाँदा पनि भित्री मन खुशी हुन नसकेको प्रतिक्रिया दिएका छन् । ‘म यतिबेला श्रीलाई झन धेरै मिस गरिरहेको छु । श्रीले यो चलचित्रमा जति समर्पित भएर काम गरेका थिए त्यसकै प्रतिफल हो यो । हलहरुमा जान्छु,हलहरुमा उनको फोटो देख्दासमेत विचलित हुन्छु ।’ -

0 comments

Write Down Your Responses