२३ वर्षको उमेरमा पाँच पत्नी ठगेर भागेपछि……...

जनकपुरधाम,

पाँच वर्षको अवधिमा पाँचवटा विवाह गरेर पत्नी ठग्दै आएका जनकपुरका एक युवकको खोजीमा प्रहरी लागेको छ । पुल्चोक निवासी २३ वर्षीय मनोजकुमार पुर्वेले पाँच वर्षको अन्तरालमा पाँचवटा विहे गरेर सबैलाई छाडेपछि उनलाई पक्राउ गरी न्याय दिलाउन तेस्रो पत्नी पुजा साह,चौथो पत्नी इन्दुले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका हुन् । प्रहरीका अनुसार पाँच वर्षपहिले जनकपुरको मिल्स एरियामा बस्ने १८ वर्षीय रिना साहसँग मागीविवाह गरेको पुर्वेले एक वर्षभित्रै उनीसँग सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेद गरेको एक वर्ष पनि नवित्दै उनले काठमाडौंमा पहाडी समुदायकी महिलासँग दोस्रो प्रेमविवाह गरेका थिए । पुर्वेले दोस्रो पत्नीलाई पनि एक वर्षसम्म राखेर झगडा गरी दुई लाख रुपैयाँ तिरेर छोेडपत्र गरेका थिए । दुई महिलासँग सम्बन्धविच्छेद गरेको पुर्वेले तीन वर्षपछि पुजासँग मागीविवाह गरेको तर घरमा आफुलाई राखेर काठमाडौं गएपछि अर्की केटी बिहे गरेको थाहा पाएपछि पुर्वेको कर्तुत थाहा पाएको उनले बताइन् । पुर्वेले गत माघ महिनामा आफुसँग धुमधामसँग विवाह गरेको भारतको दरभंगा जिल्ला भेरबा बस्ने इन्द्रकुमारी साहले बताइन् । पुर्वेले पहिलो पत्नीले १० लाख रुपैयाँ लिएर भागेको र आफु अर्को बिहे गरी सुखमय जीवन बिताउने चाहेको भन्दै झुठो बोलेर आफुसँग बिहे गरेको इन्दुले बताइन् । इन्दुसँग बिहे गरिसकेपछि पनि पुर्वेले गत जेठमा दुई छोराछोरीकी आमा धनुषाको बटेश्वरकी राधा साहलाई फसाएर भागेपछि पुजा र इन्दुले प्रहरीसमक्ष उजुली दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्हरी निरीक्षक हरिनन्दन चौधरीले बताएको आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses