जब खुस्बु र चरी नजिकिए, अर्पण बाहिरिए, त्रिकोणात्मक प्रेम
काठमाडौं,साउन२३,
एउटी युवतीलाई दुई युवकले मन पराएका कारण डन दिनेश अधिकारी चरीले ज्यान गुमाउनुपरेको भनेर पनि चर्चा चुलिएको छ । खासमा चरी र उनका पुराना साथी अर्पण कोइरालाबीच तिक्त सम्बन्ध थियो,कारण हुन् मोडल खुस्वु ओली । अर्पण र खुस्वु प्रेमी–प्रेमीका थिए । मिस टिन नेपालको उपाधि जितेकी सुन्दरी खुस्बुलाई अर्पणले दिनेश चरीसँग चिनजान गराएका थिए ।
त्यतिन्जेलसम्म अर्पण र चरी निकै मिल्ने साथी थिए । तर,जब खुस्बु र चरी नजिकिए, अर्पण बाहिरिए ।खुस्वुको परिवारले पनि चरीलाई स्वीकार गरेपछि उनीहरुको प्रेम झाँगिदै गएको थियो,उता अर्पणको खुस्वुसँग दुश्मनी बढ्दै थियो । उनले खुस्बुलाई फोनमा जथाभावी भन्न थाले ।
0 comments
Write Down Your Responses