डान्सबारमा केटीको विवादमा पाकिस्तानीमाथि कुटपिट गरेपश्चात म्यानपावर अध्यक्ष वाग्ले हिरासतमा
काठमाडौं, श्रावण २३ -
वैदेशिक रोजगार ब्यबसायी संघका अध्यक्ष हंसराज वाग्लेलाई बिहिबार राति प्रहरीले हिरासतमा पक्राउ गरेको छ ।
दरबारमार्ग प्रहरीका अनुसार दरबारमार्गस्थित सिज्लिङ डान्स बारमा केटीको निहुँमा एक पाकिस्तानी नागरिकलाई हिर्काएपछि उनी पक्राउ परेका हुन् ।
'पिटाइ खाएका पाकिस्तानी नागरिकको आँखामा चोट लागेको छ,' दरबारमार्ग प्रहरीका डिएसपी राजकुमार सिल्वालले भने, 'सार्वजनिक स्थलमा होहल्ला र कुटपिट गरेकाले उनलाई सार्वजनिक मुद्धा लगाउने तयारी छ ।' घटना राति करिब ११ बजे भएको हो ।
पीडितले प्रहरीलाई बताए अनुसार वाग्लेले ती नेपाली महिलालाई जिस्काएपछि साहले अवरोध गरेका थिए । त्यसपछि वाग्लेले साहलाई कुटपिट गरेका थिए ।
कान्तिपुर दैनिकमा खवर छ ।
0 comments
Write Down Your Responses