काठमाडौं, साउन १९ – एकीकृत नेकपा माओवादीमा संस्थापन पक्ष र डा. बाबुराम भट्टराई पक्षबीच देखापरेको विवाद उत्कर्षमा पुगेको छ । पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेताहरु जुटीरहेको बेलामा आठ बुँदे आचारसंहिता उल्लंघन गर्दै विभिन्न जिल्लामा समानान्तर कमिटी बनाएको भन्दै संस्थापन पक्षले पार्टीका दुई प्रभावशाली नेताहरुलाई कारवाही गरेको छ । आज पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले सो निर्णय गरेको हो । धनुषामा समानान्तर कमिटी बनाएको भन्दै पोलिटब्युरो सदस्य गंगानारायण श्रेष्ठलाई तीन महिनासम्म पोलिटब्युरो र केन्द्रीय समति सदस्य नरहने गरी निलम्बन गरिएको छ । त्यस्तै, केन्द्रीय सदस्य रहेका रामरिझन यादव धनुषा समानान्तर कमिटी गठनमा अतिथि बनेकाले एक महिनासम्म केन्द्रीय सदस्य नरहने गरी निलम्बन गरिएको छ । बैठकमा उपस्थित नहुनको पद खारेज स्थायी समितिको बैठकमा पटक पटक विना जानकारी उपस्थित नभएपछि डा.बाबुराम भट्टराईसहित टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलको पद खारेज भएको छ । पार्टी विधान अनुसार विना सूचना तीन पटकसम्म स्थायी समिति बैठकमा अनुपस्थित भए पद स्वतः खारेज हुने व्यवस्था रहेको एमाओवादी नेता गोपाल किराँती रातोपाटीलाई बताए । उनले आउँदो स्थायी समिति बैठक अघि अन्तिम पटक आउने वा नआउने भनेर सोधिने जानकारी दिए । यो पार्टी विधान अनुसार भएको उनको भनाई थियो ।
रातोपाटीवाट
एमाओवादीमा हंगामा मच्चियो  भट्टराई पक्षका दुई नेता कारवाहीमा , भट्टराई, रायमाझी र पौडेलको पद खारेज


0 comments
Write Down Your Responses