काठमाडौ, श्रावण २१ -
सिन्धुपाल्चोकको माङखामा गएको पहरोमा हराईमा रहेका १ सय २३ जनालाई जिल्ला प्रशासन कार्यालयले मृत घोषित गरेको छ । अब मृतकहरुको संख्या १ सय ५६ पुगेको छ । यसअघि त्यहाँ ३३ जनाको शव भेटिएको थियो ।
हराइरहेका व्यक्तिको आफन्त र परिवारजले जिउँदो भेट्ने वा शव भेट्ने सम्भवना नदेखेपछि कुशको शव बनाएर काजक्रिया थालेका छन् । परिवारजनको माग र गाविसको सिफारिसमा प्रशासनले सबैलाई मृत घोषित गरेको प्रमुख जिल्ला अधिकारी गोपलप्रसाद पराजुलीले बताए । 'घट्नास्थलको प्रकृतिले खोजतलासको सम्भाना पनि नरहेपछि परिवारजनकै मागमा हराइरहेका सबैलाई मृत घोषित गरिएको हो,' पराजुलीले भने-'प्रशासनको दृष्टीमा अब बेपत्ता भन्ने कोही छैन ।' उनले प्रति मृतक काज क्रिया वापत ४० हजारका दरले राहत प्रदान गरिएको बताए । मंगलबार साँझसम्म ३६ जना मृतकको परिवारले राहत लगेको र आजपनि राहत वितरणको क्रम जारी रहेको पराजुलीले बताए ।
प्रशासनले अहिलेसम्म १ सय २९ वटा घर क्षति भएको भन्दै घर क्षति हुनेलाई तत्काल आश्रयस्थल बनाउन भनेर ५ हजारका दरले राहत दिएको छ ।
इकान्तिपुर अनलाईनवाट


0 comments
Write Down Your Responses