गुल्मी, साउन २३ प्रेम सुनार ,
बिहिबार दिउँसो गुल्मी हर्मिचौरकी जन्मजात बोल्न नसक्ने एक महिलाको अज्ञात व्यक्तिद्वारा बलात्कारपछि हत्या भएको स्थानीयवासीले आशंका गरेका छन् । हर्मीचौर गाविस वडा नम्वर ३, तल्लापोखरा की ५५ वर्षिया जन्मजात बोल्न नसक्ने महिला देउरुपा पाण्डेको बलात्कार पछि हत्या भएको आशंका गरिएको हो । आज शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट र रिडीबाट हिजो राती नै प्रहरी घटना स्थलमा पुगेको छ र अहिले यो समाचार तयार पार्ने बेलासम्म पनि प्रहरी सोही स्थानमा रहेको छ । हमीचौर–४ निवासी चतुर्भुज पाण्डे भन्छन्–‘ घर भित्र भुँईमा टाउँकोमा चोट लागेको र तल्लो पेट देखि तलका पुरै कपडा नभएकोले बलात्कार पछि हत्या भएको आशंका गर्न सकिन्छ ।’ उनका अनुसार ती महिलाको शव हिजो दिउँसो करिब एक बजे परिवारका सदस्यले भेटेका थिए । विपन्न परिवारका उनका श्रीमान् अन्दाजी ७० वर्षीय लक्ष्मीपति सापकोटा बिहिबार बिहान करिब ८ बजे वेसीतिर झरेका थिए । सापकोटाले प्रायः मागेर नै आफ्नो र श्रीमतीको ज्यान पाल्दै आएका थिए । बिहिबार पनि अरुको खेतमा ४/५ घोगा मकै मागेर आफ्ना भाई दुर्गाप्रसाद र बुहारीसंग पठाएका थिए । घरमा उनीहरु आउँदा त्यस्तो अवस्थामा उनको शव फेला पारेको स्थानिय चतुर्भज पाण्डेले जानकारी दिए । ‘शव नजिकै कोदालो छ र त्यसमा रगत लागेको छ’–पाण्डेले भने–‘ उनीहरु आउँदा योनी समेत देखिने गरी तल पुरै नग्न रहेको र माथी ब्लाउज मात्रै भएको ती दम्पत्तीले बताएका छन् । ’ जिल्ला प्रहरी कार्यालयबाट घटना स्थलमा पुगेका प्रहरी निरीक्षक अम्बिका गुप्ता र ईलाका प्रहरी कार्यालय रिडीबाट पुगेका अर्का प्रहरी निरीक्षक प्रकाशचन्द्र गुप्ताले शवको टाउकोमा चोट लागेको बताए पनि अन्य कुराहरु अहिले नै केहि भन्न नसक्ने बताए । यस सम्बन्धमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालसँग सम्पर्क राख्दा उनले त्यहाँ पुगेका प्रहरी अधिकृतहरुको अनुसन्धान र पोष्टमार्टम रिर्पोट पछि मात्रै सबै कुरा खुल्ने बताए । उनले भने– ‘त्यहाँ त्यस्तो घटनाबारे जानकारी पाए लगत्तै दुई जना प्रहरी निरीक्षहरु खटाएको छु , उहाँहरुले अनुसन्धान गर्नुहुन्छ र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र सत्य तथ्य बाहिर आउनेछ । ’ समाचार सहयोगी पाण्डेका अनुसार रिडीबाट प्रहरी बिहिबार राती दुई बजेतिर पुगेको थियो । उनको कटेरे घर रहेको छ । आधामा गाई भैंसी पाल्ने र आधामा बस्दथे । श्रीमान् प्रायः गाउँमा मजदुरी गर्न र माग्न हिँडी रहन्थे । उनी प्रायः घरमा एक्लै बस्ने गर्दथिन् । एक छोरा काठमाण्डौंका होटलमा भाँडा माझ्ने काममा गदैथे जो घटनाको खबर सुनेर घर आइपुगेका छन् । घरको अवस्था दयानिय छ । ‘कृया खर्च जुटाउने अवस्था समेत छैन ’ – समाचार सहयोगी पाण्डेले भने–‘ प्रहरी प्रशासनमा आवत जावत गर्न उनका श्रीमानले कसरी गर्न सक्लान् भन्ने लागेको छ ।
जन्मजात बोल्न नसक्ने महिलाको बलात्कार पछि हत्या ?
0 comments
Write Down Your Responses