दलाई लामाको यो हालत कसरी भयो ? सवैको चासो के भयो लामालाई ?
पेरिस एजेन्सी :
बेल्जियमस्थित एम्नेस्टी इन्टरनेसनलले , यातनाको विरोधमा एक विज्ञापन अभियान चलाएको छ।
जसमा सबैको ध्यान विज्ञापनतर्फ आकर्षित
गर्नको लागि विष्वमा नै प्रतिष्ठित र चर्चित तीन व्यक्तिको अनुहार पूरै बिगारिएको छ। तस्बिर
हेर्दा उनीहरूलाई निकै कुटपिट गरेको र घाईते जस्तो देखिन्छ।
'स्टप टर्चर' नाम राखिएको यो विज्ञापनमा तिब्बतका आध्यात्मिक प्रख्यात नेता दलाई लामा, अमेरिकी रक स्टार इग्गी पप र जर्मन फेसन डिजाइनर कार्ल लेजरफिल्डको तस्बिरको
प्रयोग गरिएको छ। याहु फ्रान्सले दलाई लामाको तस्बिरलाई धेरैले हेरेको उल्लेख
गर्दै यो विज्ञापन अभियानको उद्देश्य अत्याचार तथा यातनाको विरोधमा सबैलाई जागरुक
बनाउनु रहेको बताएको छ। यस विज्ञापन अभियानको नारा राखिएको छ, 'यदि तपाईंले कुनै व्यक्तिलाई यातना दिनुहुन्छ भने ती व्यक्तिले सबै भन्नेछन्।'
दलाई
लामाको तस्बिरमा उनको अनुहार सुन्निएको देखिन्छ, उनको ओठ काटिएको छ भने चस्मा फुटेको छ। यस तस्बिरको तल क्याप्सन राखिएको छ, '५० वर्षको उमेरसम्म रोलेक्स नहुनु भनेको जीवन व्यर्थ हुनु
हो।' यी शब्दले भौतिकवादबाट टाढा बस्न सुझाउ दिने तिब्बती बौद्ध धर्मलाई घोचेको छ।
त्यस्तै
अमेरिकी स्टार इग्गी पपको अनुहारमा पनि निकै चोटपटक देखिन्छ। उनको एउटा आँखा सुन्निएर
पूरै बन्द रहेको तस्विर सार्वजनिक गरिएको
छ । तस्बिरको तलपट्टि लेखिएको छ, 'जस्टिन बिबर रक संगीतका भविष्य हुन्।' त्यस्तै फेसन डिजाइनर लेजरफिल्डको तस्बिर दलाई लामा र इग्गी पपको तस्बिरपछि
राखिएको छ। उनको नाकबाट रगत आइरहेको देखिन्छ। उनको तस्बिर तल लेखिएको छ, 'हवाईको सर्ट र भित्री पोसाक फेसनमा लोकप्रिय छ।'
यातना
दिँदा व्यक्तिले जे पनि भन्न सक्छ भनेर बुझाउन यस्तो विज्ञापन अभियान चलाइएको र यो विज्ञापन निकै प्रभावकारी भएको जनाईएको छ ।


0 comments
Write Down Your Responses