तेरिया मगरको डान्स इन्डिया डान्स प्रतिश्पर्धाको फाईनल आज
भारतिय च्यानल जीटीभीमा प्रसारण भईरहेको
डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको फाइनलमा छनौट भएकी नेपाली चेली तेरिया फैजा मगरको भविष्य आज फैसला हुदैछ। विगत
पाँच महिनादेखि भारतको मुम्बइमा जारी उक्त रियालिटी शोमा नेपाली बालिका तेरिया
करोडौँ दर्शक र निर्णायकको मन जितेर अन्तिम उत्कृष्ट पाँचबाट छनोट भएर फाइनलमा
प्रवेश गरेकी गरेकी हुन्। डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको फाइनल
प्रस्तुति शनिबार राति ८ बजेदेखि हुदैछ।
फाइनलमा रूपन्देही रुद्रपुरकी १२ वर्षीया नेपाली बालिका तेरियासँगै भारत, कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री, भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टी र मुम्बईका १२ वर्षीय हार्दिक रुपारेलले आफ्नो दमदार प्रस्तुति दिदैछन्। लिटिल मास्टर्सको उपाधि जित्ने विजेताले भारतीय ५० लाख पाउनेछन्। यसका साथै एउटा कार पाउनेछन्। त्यसैगरी अन्य तीन जनाले नगदसहित उपहारहरू पाउनेछन्।
फाइनलमा रूपन्देही रुद्रपुरकी १२ वर्षीया नेपाली बालिका तेरियासँगै भारत, कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री, भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टी र मुम्बईका १२ वर्षीय हार्दिक रुपारेलले आफ्नो दमदार प्रस्तुति दिदैछन्। लिटिल मास्टर्सको उपाधि जित्ने विजेताले भारतीय ५० लाख पाउनेछन्। यसका साथै एउटा कार पाउनेछन्। त्यसैगरी अन्य तीन जनाले नगदसहित उपहारहरू पाउनेछन्।
केही वर्षअघि भारतीय अर्को प्रसिद्ध च्यानल सोनी टीभीद्वारा आयोजित गायन प्रतियोगिता इन्डियन आइडलमा प्रशान्त तामाङले रेकर्ड कायम गरिसकेका छन्। तामाङ नेपाली मूलका भारतीय नागरिक हुन् भने तेरिया नेपाली नागरिक हुन्। तामाङलाई विजयी बनाउन संसारभरि छरिएका नेपालीले आआफ्ना ठाउँबाट भोटिङका लागि व्यापक प्रचारप्रसार गरी योगदान गरे जस्तै तेरियालाई पनि देश विदेशमा रहेका नेपालीहरुले भोट गरेर सहयोग गरेका छन्।
को हुन तरिया फोजा मगर?
बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। उनकी आमा सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन भने बाबु रोजगारीका लागि विदेशमा छन्।
यसअघि प्रतियोगितामा भाग लिन आवेदन दिएका १४ वर्ष मुनिका तीन लाख बालबालिकामध्ये ४० हजार जना छनोटमा परेका थिए। तीमध्ये तेरिया नेपालबाट छनोटमा पर्ने एक्ली हुन्। भारतीय टेलिभिजनबाट प्रसारित हुने विभिन्न कार्यक्रममा नेपालीमूलका भारतीय सहभागी भएर प्रतियोगिता जित्न सफल भए पनि डिआइडी प्रतियोगितामा सहभागी हुने र उत्कृष्ट १० भित्र पर्ने उनी पहिलो हुन्। स्थानीय रुद्रपुरकी ११ वर्षीया बालिका तेरिया फौजा मगर उक्त टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर– ३ मा करोडौँ दर्शक र निर्णायकको मन जितेर अन्तिम आठौँ स्थानमा पुग्न सफल भएकी थिइन् ।यस्तै आकर्षक नृत्य कलाका कारण निर्णायकको मन जितेकी उनले भोटिङ राउन्डमा दर्शकबाट पनि निरन्तर सर्वाधिक भोट प्राप्त गर्दै अन्तिम पाँचमा आउन सफल भएकी थिइन्। उत्कृष्ट पाँचपछि नेपाली चेली तेरिया आज फाइनलमा आफ्नो दमदार प्रस्तुति पस्किदैछिन।
0 comments
Write Down Your Responses