ठमेलमा अमेरीकी महिला पर्यटक सामुहिक वलात्कारमा
असार-७, काठमाडौँ ।
एक अमेरिकी महिला पर्यटकले
आफूमाथि ‘सामुहिक बलात्कार’ भएको जनाएकी छिन् । उनले
सामुहिक वलात्कारमा परेको जनाउदै उजुरी दिएपछि प्रहरीले दुईजनालाई पक्राउ गरी
अनुसन्धान शुरू गरेको छ ।
ठमेलको नर्सिङ चोकस्थित होटल ग्लोवलमा करिव
४० वर्षीया ती महिलामाथि बलात्कार भएको हो । मदिरा सेवन गरेका बेला आफूमाथि
तीनजनाले बलात्कार गरेको भन्दै उनले उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प्रहरीले
धादिङ घर भइ ठमेल बस्ने गुणराज दवाडी र उनका साथी रामेछाप घर भएका संजय लामालाइ
पक्राउ गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । अन्य दुई जना फरार छन् । मदिराले
मात्तिएका बेला आफूमाथि बलात्कार भएको ती महिलाको दाबी गरेकी छिन् ।
पक्राउ परेका दवाडी ठमेलस्थित नर्सिङ स्नुकर
हाउसका सञ्चालक हुन् । ती अमेरिकी महिलासँग उनको करिब दुई महिनाअघि देखि चिनजान
थियो । आफुहरुबीच पहिला पनि शारिरीक सम्बन्ध रहेको दुबै जनाले स्वीकारेका छन् । गत
ज३१ जेठको बेलुकी उनी गुणराजलाई भेट्न स्नुकर हाउस पुगेकी थिइन् । उनीहरुले त्यही
बसेर विष्र पिउँदै स्नुकर खेलेका थिए । त्यहाँ गुणराज र महिला एउटा कोठामा तथख अन्य
तीन युवा अर्को कोठमामा सुतेका थिए ।
होटलमा केही समय बसेर आफु बेलुकै घर फर्किएको
गुणराजको भनाई छ । उनी गएपछि अर्को कोठामा सुतेका उनका साथीले आएर बलात्कार गरेको
अमेरिकी महिलाको दावी छ । पक्राउ परेका दुबै जनालाई जर्वजस्ती करणी मुद्दामा
अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी
उपरीक्षक नारायणसिंह खड्काले बताए ।
0 comments
Write Down Your Responses